वल्र्डलिंकको इन्टरनेटमा ६ गुणा डाटा
काठमाडौं ः वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ वर्षको अवसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुणासम्म थप डाटा उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ ।
यस अफरमा ग्राहकले निःशुल्क जडान सुविधा पाउने छन् । साथै, निःशुल्क राउटर उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
कम्पनीले टीभी हेर्ने नयाँ प्रविधि इन्टरनेट प्रोटोकल (आईपी) टीभीसमेत तीन महिनासम्म निःशुल्क उपलब्ध गराउनेछ । आईपी टीभी जडान गर्न लाग्ने सेटअप बक्स ५० प्रतिशत छुटमा उपलब्ध गराउने भएको छ ।
यो योजना वार्षिक ग्राहकका लागि इन्टरनेट तथा आईपी टीभी सेवा लिँदा उपलब्ध हुनेछ । आईपी टीभी नेपालमा पछिल्लो पटक भित्रिएको टीभीको नयाँ प्रविधि हो । यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टीभी हेर्न पाउनेछन् । यस्तो प्रविधिबाट प्रसारण हुने टीभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्नेछन् ।
वल्र्डलिंकले २१ वर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका देशभर ६० हजारभन्दा बढी ग्राहक छन् ।