एलजीको देशभर डेमो कार्यक्रम
काठमाडौं ः एलजी ब्रान्डले उपभोक्तालाई ध्यानमा राखेर एलजी डेमो तथा आफ्नो बजार प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको छ । देशका विभिन्न ठाउँमा गरिएको कार्यक्रमअन्तर्गत उपभोक्ताले फ्रि एलजी माइक्रोवेभ कुकिङ ग्लास, एलजी वासिङ मेसिन तथा एलजी एलईडी टीभीका विशेषताका बारेमा जानकारी गराइन्छ ।
यस प्रवद्र्धनात्मक कार्यक्रममा ग्राहकले प्रत्यक्ष रूपमा सहभागी भएर अत्याधुनिक तथा विभिन्न किसिमका विशेषतायुत एलजीसम्बन्धी निःशुल्क परामर्श पनि लिनसक्ने कम्पनीले जनाएको छ । दमौली, पोखरा, बागलुङ तथा बेनी हुँदै नेपालका विभिन्न ठाउँमा पनि एलजीको डेमो कार्यक्रम सञ्चालन गर्दैजाने कम्पनीले जनाएको छ ।