अमेरिका पुगेका भूकम्पपीडित विद्यार्थीलाई सहुलियत

अमेरिका पुगेका भूकम्पपीडित विद्यार्थीलाई सहुलियत

काठमाडौंः गत वर्षको भूकम्पअघि अमेरिका गएर अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई लक्षित गरेर अमेरिकी सरकारले रोजगारीमा विशेष सहुलियत दिने भएको छ । अमेरिकी सरकारले हालै सहुलियत दिने घोषणा गरेको हो ।

रोजगारीमा सहुलियत लिने विद्यार्थी गत वर्षको भूकम्पअघि नै अमेरिका गएको हुनुपर्नेछ भने उनीहरू भूकम्पपीडितसमेत हुनुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार यस्ता विद्यार्थीले आफू अध्ययन गर्न गएको विश्वविद्यालयभन्दा बाहिर गएर पनि काम गर्न पाउनेछन् । यसअघि अमेरिकामा जाने विदेशी विद्यार्थीले आफू अध्ययनरत विश्वविद्यालयमा मात्र काम गर्नुपथ्र्यो । नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेका अनुसार सम्बन्धित विश्वविद्यालय वा क्याम्पसमा काम नपाएको अवस्थामा उनीहरू बेरोजगार बस्नुपथ्र्यो ।

भूकम्पबाट सम्पत्ति नष्ट भएका तथा घरवारविहीन भएको अवस्थामा नेपालमा रहेका अभिभावकले छोराछोरीलाई अध्ययन शुल्कबापत लाग्ने रकम समयमै दिन नसक्ने भएकाले विद्यार्थीले आफैं कमाएर तिरून् भन्ने उद्देश्य राखेर यस्तो सहुलियत प्रदान गरिएको पाण्डेको बुझाइ छ ।

गत वर्ष भूकम्प गएपछि पनि नेपाली विद्यार्थीलाई यस्तो सहुलियत दिइएको थियो । यो विगतको सहुलियत अवधिलाई थप गरिएको मात्र हो । सहुलियत लिन नेपाली विद्यार्थी भूकम्पपीडित भएको प्रमाणित हुनुपर्छ । उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएका विद्यार्थीले विश्वविद्यालयभित्रै काम गर्ने व्यवस्थालाई ‘अन क्याम्पस’ रोजगारीको सुविधाको नामले चिनिन्छ ।

क्याम्पस वा विश्वविद्यालयभन्दा बाहिर गएर काम गर्न सहुलियत पाएको छ भने त्यसलाई ‘अफ क्याम्पस’ रोजगारी सुविधाको नामले चिनिन्छ । नेपालबाट उच्च शिक्षाका लागि गएका अधिकांश विद्यार्थीलाई ‘अन क्याम्पस’ रोजगारीको सुविधा थियो तर क्याम्पसभित्र रोजगारी नपाएको अवस्थामा उनीहरूले आफ्नो परिवारको आर्थिक अवस्था कमजोर रहेको र आर्थिक कमजोरीका कारण क्याम्पसलाई नियमित शुल्क बुझाउन कठिन भएको अवस्थामा अफ क्याम्पस रोजगारीको सुविधाका लागि आफ्नो आर्थिक अवस्था कमजोर रहेको प्रमाणसहित स्थानीय प्रशासनसमक्ष निवेदन दिनुपर्ने हुन्छ ।

तर यसरी निवेदन दिन चाहने विद्यार्थी अमेरिका गएको नौ महिना पूरा भएको हुनुपर्छ । निवेदन दिएपछि अफ क्याम्पस रोजगारीको सुविधा दिने कि नदिने भन्ने निर्णय गर्न न्यूनतम तीन महिना लाग्छ ।

पाण्डेले भने, ‘यस हिसाबले भन्ने हो भने नेपाली विद्यार्थीले अफ क्याम्पस रोजगारीमा जान अमेरिका प्रवेश गरेको न्यूनतम एक वर्ष पूरा भएको हुनुपर्छ ।’ अमेरिकामा कति नेपाली विद्यार्थी अध्ययनरत छन् भन्ने एकिन तथ्यांक छैन । ‘एकपटक गएपछि नफर्कने प्रवृत्ति धेरै छ । यस हिसाबले हेर्ने हो भने त्यहाँ मोटामोटी पच्चीसदेखि तीस हजारको हाराहारीमा नेपाली विद्यार्थी होलान्’, पाण्डेले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.