७ बुँदे सहमतिपछि सुदूरपश्चिम विश्वविद्यालयको ताला खुल्यो

७ बुँदे सहमतिपछि सुदूरपश्चिम विश्वविद्यालयको ताला खुल्यो

कञ्चनपुर: सातबुँदे सहमतिपछि सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीले झन्डै दुई साता अघि लगाएको ताला खोलेका छन् ।

आन्दोलनरत विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच सोमबार भएको वार्तामा तालाबन्दी खोल्ने सहमति अनुरुप विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला आज खोलिएको हो।

राष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्ने, प्रयोगशालाका सामग्री यथाशीध्र व्यवस्थापनका लागि निर्देशकलाई जिम्मेवारी दिने, विज्ञान भवन निर्माणका लागि आगामी आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रममा समावेश गर्ने, शैक्षिक क्यालेन्डर बनाई पठनपाठनको कार्यलाई प्रभावकारी बनाउनेलगायतका सातबुँदे सहमति भएको विद्यार्थी गङ्गादत्त भट्टले जानकारी दिए।

सहमतिपत्रमा विश्वविद्यालयका तर्फबाट उप–प्रशासक गोविन्द पन्त, विद्यार्थीका तर्फबाट गङ्गादत्त भट्ट, राजेन्द्रप्रसाद जोशी, राजेन्द्र पन्तले हस्ताक्षर गरेका छन्। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गतको भौतिक शास्त्रका विद्यार्थीले माग अघि सार्दै दुई साता अघि तालाबन्दी गरेका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.