पाँचथरमा आगलागी हुँदा दुई घर जले
फिदिमः याङनाम ८ बाँस्बोटेमा आगलागीले दुई घर जलेका छन् । मंगलबार बिहान १० बजे भान्छा कोठाबाट सल्किएको आगोले नरकुमार केरुङका फुसको छानो भएका दुई तले दुई ओटा घर जलेका हुन् ।
स्थानीय विक्रम केरुका अनुसार आगलागीले दुई घरमा पूर्ण रुपमा क्षती पुर्याएको छ । पानीको अभाव भएकाले पुरै घर जलेपछि मात्र आगो निभेको थियो ।
आगो नियन्त्रणका लागि स्थानीहरु खटे पनि आगो निभाउने यन्त्र नहुँदा घर जलेको केरुङले बताए । आगलागीबाट घरमा भएको सम्पूर्ण सामानहरु जलेका छन् । आगलागी भएको तीन घण्टा वितिसक्दा पनि प्रहरी नआएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।