मनीचेन्जर सञ्चालकलाई गोली हान्नेको पहिचान जटिल

मनीचेन्जर सञ्चालकलाई गोली हान्नेको पहिचान जटिल

विराटनगरः विराटनगर–१९ पिपलचौकस्थित जोगवनी–विराटनगर सडक खण्डमा सोमबार राति मनी चेन्जर संचालकमाथि भएको गोली प्रहारको घटनामा संलग्नको पहिचान जटिल बनेको छ।

विराटनगर–२१ को क्रितेश मनीचेन्जरका सञ्चालक ४८ वर्षीय बटेशकुमार साहमाथि भएको गोली प्रहारको घटनामा संलग्न अझैसम्म पक्राउ पर्न सकेका छैनन्। गोली प्रहारबाट साह गम्भीर घाइते भएका छन्। गोली प्रहार गर्नेहरु ३० देखि ३५ वर्ष उमेर समुहका रहेको हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार घाइतेको धरानमा उपचार भइरहेको र यस विषयलाई लिएर अन्यत्रबाट पनि थप सुराक मिल्न नसक्दा घटनामा संलग्नको पहिचान जटिल बन्दै गएको हो।

राति ९ बजेतिर को ११ प २३७४ नम्बरको मोटरसाइकल चढेर विराटनगरतर्फ आउँदै गर्दा साथमा रहेको चार लाख रुपैयाँ लुटेर साहमाथि गोली हानेपछि अज्ञात समूह फरार बनेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक जागेश्वर भण्डारीले बताए। नकाप लगाएर पछाडिबाट दुईवटा मोटरसाइकलमा आएका चार जना साहको साथमा रहेको पैसा लुटेर गोली हानेपछि उत्तरतर्फ भागेको भण्डारीको भनाइ छ। पैसा लुट्ने क्रममा दोहोरो घम्साघम्सी भएपछि साहमाथि गोली हानिएको प्रहरीले जनाएको छ।

दाहिने तीघ्रा र हातमा गोली लागेर गम्भीर घाइते भएका साहलाई विराटनगरमा उपचार हुन नसकेपछि थप उपचारका लागि रातिनै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। गोली प्रहार गर्नेहरुले घटनामा दुईवटा मोटरसाइकल प्रयोग गरेको भनिए पनि मोटरसाइकलको समेत पहिचान हुन सकेको छैन। एउटा मोटरसाइकलको नम्बर ३४३८ रहेको खुले पनि अल्फाबेट खुल्न नसकेको प्रहरीको भनाइ छ। खुलेको मोटरसाइकलको नम्बर नै नक्कली हो की सक्कली हो भन्ने बारेमा प्रहरी नै अनभिज्ञ छ।

‘सबै ठाउँमा प्रहरी परिचालन गरेर घटनामा संलग्नको खोजी भइरहेको छ,’ प्रहरी निरीक्षक भण्डारीले भने, ‘अहिले सम्म पहिचान हुन सकिरहेको छैन।’ उनले घाइतेबाट प्राप्त भएको केही सुराकका आधारमा खोजी थालिएका कारण घटनामा संलग्नलाई चाँडै पक्राउ गर्ने हिसावमा प्रहरी सक्रिय रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.