अग्निपीडितलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

अग्निपीडितलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुम जिल्लाको संक्रान्ति बजारका आगलागी पीडितको पुर्नवासका लागि एक करोड उपलब्ध गराउने घोषणा गरेका छन् । आगलागी भएको स्थानको निरीक्षणपछि बोल्दै मंगलबार प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ।

‘आगलागीले बजार ध्वस्त भएको छ, तपाईहरु घरबारबिहीन हुनुभएको छ,’ प्रधानमन्त्रीले भने, ‘केन्द्रीय दैवीप्रकोप कोषबाट संक्रान्ति बजारका अग्निपीडितका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दछु ।’

प्रधानमन्त्रीले संक्रान्ति बजारमा दमकलको व्यवस्थापनसँगै बजारका समस्या समाधानका लागि विभिन्न कार्यक्रमको घोषणा गरेका छन् । पीडितसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘खानेपानी आयोजना सञ्चालन गर्ने, बजारको पुर्नस्थापना र व्यवसाय सञ्चालनका लागि बिना धितो सहुलीयत ऋण, संक्रान्ति बजारमा नेपाल बैंक, कृषि विकास बैंकको शाखा कार्यालय स्थापना, एम्बुलेन्सको व्यवस्था गर्ने कुरा पनि म यहाँहरुको बीचमा अवगत गराउँछु ।’

प्रधानमन्त्रीले संक्रान्ति बजारको ऐतिहासिक महत्व बोकेको बताउदै पुननिर्माणमा सरकारले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्ने घोषणा समेत गरेका छन् । पुस १ गते दिउँसो लागेको आगोका कारण संक्रान्ति बजारका ३२ घरका ५६ परिवार विस्थापित भएका छन् । आगलानीबाट १४ करोड ८ लाख क्षति भएको क्षति भएको प्रमुख जिल्ला अधिकारी मेनुका न्यौपानेले जानकारी दिइन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.