अघि बढ्यो कोटेश्वर–कलङ्की सडक निर्माण

अघि बढ्यो कोटेश्वर–कलङ्की सडक निर्माण

ललितपुर: केही समयदेखि सुस्त रहेको कोटेश्वर–कलङ्की सडक निर्माणको काम तीव्र गतिमा अघि बढेको छ।

काठमाडौँ चक्रपथ सुधार योजनाका अनुसार १० दशमलव ३९ किलोमिटर सडकमा पाँच किलोमिटर सडकको निर्माण कार्य एक वर्षभित्रमै सकिने गरी काम अगाडी बढाएको छ। बाँकी पाँच दशमलव ३९ किलोमिटर सडक अबको दुई वर्ष भित्रमा सम्पन्न हुने लक्ष्य योजना लिएको छ।

सडक निर्माणको काम निरन्तर भइरहेको छ, योजनामा कार्यरत इन्जिनियर रमेश दृष्टिले भने,' सडकमा रहेका बिजुलीका पोल, ढल हटाउने लगायतका काम सकिएकाले अब अवरोध कम देखिएका छन्।' कलङ्की चोकबाट खसीबजारसम्म निर्माण हुन लागेको ‘अन्डर पास’ निर्माणको कामसमेत यही वर्ष सकिनेछ।

यो वर्ष कोटेश्वरबाट एकान्तकुनासम्म सडक पक्की हुनेछ। अर्काे वर्षमा एकान्तकुनाबाट कलङ्कीसम्मको सडकको निर्माण सकिनेछ। कोटेश्वर–एकान्तकुना सडकमा माटो परिवर्तनको काम भइरहेको उनले बताए। बालकुमारी लगायतका स्थानमा गत वर्ष माटोको जाँच गर्दा त्यहाँ रहेको माटोमा भारवाहन क्षमता कम पाइएको थियो, उनले भने,' चिनिँया कम्पनीले जगदेखि नै बलियो बनाउनका लागि गुणस्तरीय माटो हालिरहेका छन् ।'

निर्माणाधीन सडक चौडा बनाउने काम गत वर्ष नै सकिएको हो । त्यसपछि सडक छेउमा पर्खाल लगाउने, पुलको निर्माणलगायत पूर्वाधार विकासको काम भइरहेको छ, इन्जिनियर दृष्टिले भने,' कलङ्की (खसीबजार), बल्खु खोला, बागमती खोला र बालकुमारी गरेर चार स्थानमा मोटर गुड्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।


पुलमा फुटपाथ निर्माण गर्न र रेलिङ राख्न मात्रै बाँकी रहेको उनले बताए। सडक निर्माणका क्रममा खानेपानी, विद्युत् पोल, ढल, टेलिफोनका पोल लगायत सार्नुपर्ने उनले भने। यी निकायले समयमा काम गर्दा मात्रै सडकको काम अघि बढ्न सक्छ। योजनाले प्रत्येक साता सरोकार भएका निकायसँग समन्वयका लागि बैठक गर्दै आएको छ। अधिकांश ठाउँमा बिजुलीका पोल हटिसकेका छन् । बाँकी भएका ठाउँमा समेत विद्युत् प्राधिकरणसँग कुरा भइरहेको छ। 'एक वर्षयता दूरसञ्चारसँगको सहकार्यमा काम भइरहेकाले पनि समस्या छैन । ढलको काम धेरै निकायबाट हुने भएकाले कुनसँग समन्वय गरेर काम गर्ने समस्या रहेको इन्जिनियर दृष्टिले बताए।

आठ लेनमध्ये चार लेन मुख्य सडक र चार लेन (मुख्य लेनको दुवैतिर दुई/दुई लेन) सहायक लेन हुनेछ । सहायक लेनमा प्रवेश गर्नका लागि ‘सर्भिस ट्र्याक’ बनाउने प्रयास भइरहेको बताउँदै उनले सर्भिस ट्र्याक बनेमा सडक छिमेकी (सडकसँगैका घरधनी)ले पहिले सर्भिस ट्र्याकमा निस्कनुपर्छ । चोकमा पुगेपछि मात्रै उनीहरुले सहायक वा मुख्य सडकमा प्रवेश गर्न पाउँछन् ।

चिनिँया सहयोगमा निर्माणाधीन यो सडक प्रयोगमा आउँदा काठमाडौँमा देखिएको सडक जाम समस्यामा कमि आउने विश्वास योजनाको छ । नेपालमा पहिलोपटक आठ लेन र अन्डर पास निर्माण हुन लागेको हो । सन् २०१८ सम्म सम्पन्न हुने सडकको कुल लागत तीन सय १२ मिलियन युयान रहेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.