साहित्यिक संस्था समन्वय संघ नेपालको गठन

साहित्यिक संस्था समन्वय संघ नेपालको गठन

काठमाडौंः नेपाली साहित्य क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने उद्देश्यसहित मंगलबार साहित्यिक संस्था समन्वय संघ नेपाल गठन भएको छ ।

पछिल्ला दिनमा नेपाली साहित्य क्षेत्रमा क्रियाशील साहित्यिक संस्थाले सरकारी उपेक्षाका कारण भोग्नुपरेका दर्ता, नवीकरण लगायत समस्या बुलन्ध गर्ने उद्देश्यले संघ गठन भएको नवगठित संघका सचिव बालमुकुन्द कार्कीले जानकारी दिए ।

विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधिको सहभागितामा सम्पन्न भेलाले अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरे गोविन्दको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ ।

संघको महासचिवको जिम्मेवारी ज्योति साहित्यिक प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहलाई दिएको छ भने सचिवको जिम्मेवारी बालमुकुन्द कार्कीले पाएका छन् । संघका सदस्यमा बाजुराम पौडेल, शीतल गिरी, डिल्ली दाहाल, बद्री अर्याल, द्वावारिका कुइँकेल, मञ्जुश्री प्रधान केसी रहेका छन् । तदर्थ समितिका पदाधिकारी र सदस्य आवश्यक परे थपघट गर्न समेत सकिने निर्णय भेलाले गरेको सचिव कार्कीले जानकारी दिए ।

तदर्थ समितिलाई आगामी माघ १५ गते हुने अर्को भेलामा साहित्यिक संस्थाहरूले भोग्नुपरेको विविध समस्याहरूको अध्ययन प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.