‘स्पर्श तिम्रो’ लिएर आए सुरेन श्रेष्ठ (भिडियो)
काठमाडौंः नेपाली संगीत क्षेत्रमा नयाँ गायकको रूपमा सुरेन श्रेष्ठको प्रवेश भएको छ । सुमन गुरुङको शब्द र आफ्नै संगीतमा करिस्मा श्रेष्ठको सहगायन रहेको ‘स्पर्श तिम्रो’ बोलको गीतको म्युजिक भिडियो उनले इस्वीको नयाँ वर्षको अवसर पारी सार्वजनिक गरेका छन् ।
‘स्पर्श तिम्रो’ बोलको गीतको म्युजिक भिडियो सुदिप न्यौपाने र रूपर्ट गुरुङले निर्देशन गरेका छन् । प्रकृति श्रेष्ठ र र्इश्वर फुयाँलको मुख्य अभिनय रहेको म्युजिक भिडियोको सुटिङ अष्ट्रेलियाको मेलबर्नमा भएको हो ।