प्राधिकरणका तीन सदस्य हटाउने निर्णय सदर (भिडियोसहित)

प्राधिकरणका तीन सदस्य हटाउने निर्णय सदर (भिडियोसहित)

काठमाडौं: सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका तीनजना सदस्यलाई हटाउने गरी ऊर्जा मन्त्रालयबाट भएको निर्णयको पक्षमा निर्णय दिएको छ ।

लोडसेडिङ अन्त्य गर्ने अभियानमा बाधाव्यवधान पुर्‍याएको भन्दै ऊर्जा मन्त्रालयले पुस ४ मा प्राधिकरण सञ्चालक समिति सदस्य लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई हटाउने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध प्राधिकरणबाट हटाइएका तीन सदस्यले दिएको रिटमा सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले तत्कालका लागि निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । उक्त विवादमा अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने विषयमा छलफलका लागि मन्त्रालय, प्राधिकरण र निवेदकलाई मंगलबार उपस्थित हुन आदेशमा भनिएको थियो ।

सर्वोच्चमा भएको छलफलपछि प्रधानन्यायाधीश सुशीला कार्की र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले अघिल्लो एकल इजलासको अन्तरिम आदेश खारेज गर्दै कारबाहीको पक्षमा निर्णय दिएको हो ।

कानुन अनुरूपको कार्यकाल बाँकी छँदै अवैध रूपमा आफूलाई हटाउने निर्णय भएको भन्दै निर्णय बदर गर्न माग राखेर तीनजना सदस्यले पुस १२ गते रिट दिएका थिए । 'निर्णय यथास्थितिमा राख्न' दिएको अन्तरिम आदेश खारेज भएपछि मन्त्रालयले नयाँ नियुक्त गरेका सदस्यहरू भक्तबहादुर पुन, चेतराज जोशी र उमेश थानीलाई पदीय हैसियतमा कामकारबाही अघि बढाउन सहज भएको छ ।

भिडियो हेर्नुहोस्

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.