अन्नपूर्णकर्मीसहित पत्रकारहरू पुरस्कृत
काठमाडौं: शिक्षा पत्रकारिता पुरस्कार २०७२ बाट चार अन्नपूर्णकर्मी पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा संयुक्त रूपमा प्रदान गरिने 'राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७२' बाट सूर्यप्रसाद पाण्डे (काठमाडौं), मध्यमाञ्चल क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कारबाट दिवाकर भण्डारी (बारा) र शिक्षा लेखनवृत्तितर्फ मनिका झा (धनुषा) र लक्ष्मण पोखरेल (रूपन्देही) पुरस्कृत भएका हुन् ।
७५ हजार राशिको 'राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७२' कान्तिपुर दैनिकका मकर श्रेष्ठसहित अन्नपूर्णकर्मी पाण्डेलाई प्रदान गरिएको थियो । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्यांकन तथा छनोट समितिको सिफारिसका आधारमा पाँच विकास क्षेत्र र उपत्यकालाई १ क्षेत्र मानी ६ क्षेत्रलाई प्रदान गरिने २५ हजार राशिको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार २०७२ पूर्वाञ्चलबाट कोकिला ढकाल (राजधानी दैनिक, इलाम), अम्मर खड्का (नागरिक दैनिक, सुनसरी), ध्रुव दंगाल (नागरिक दैनिक, सिन्धुपाल्चोक), पश्चिमाञ्चलबाट वसन्त गिरी (गोरखापत्र, कपिलवस्तु), कृष्ण खनाल (बुटवल टुडे दैनिक, रूपन्देही), मध्यपश्चिमाञ्चलबाट लक्ष्मण केसी (आजको शिक्षा साप्ताहिक, रुकुम), गिरु भण्डारी (कान्तिपुर दैनिक, प्युठान), सुदूरपश्चिमाञ्चलबाट भवानी भट्ट (कान्तिपुर दैनिक, कञ्चनपुर), कृष्ण ओली (नागरिक दैनिक, बाजुरा) लाई प्रदान गरिएको छ । उपत्यकाबाट लीलप्रसाद चन्द (सामुदायिक सूचना नेटवर्क, काठमाडौं) लाई प्रदान गरिएको छ ।
महासंघले उपत्यकासहित छ क्षेत्रका दुईजनाका दरले प्रदान गर्ने 'शिक्षा लेखनवृत्ति २०७२' पूर्वाञ्चलबाट शेखर ढकाल (रेडियो नेपाल, सुनसरी), सरिता राई (रासस, भोजपुर), मध्यमाञ्चलबाट मायामितु न्यौपाने (रेडियो वीरगन्ज, पर्सा), उपत्यकाबाट गोपाल संग्रौला (कारोबार दैनिक, काठमाडौं) र आस्था केसी (रातोपाटी डटकम, काठमाडौं) लाई प्रदान गरिएको छ ।
त्यस्तै पश्चिमाञ्चलबाट वीरेन्द्र केसी (कान्तिपुर, अर्घाखाँची), सन्तोष गौतम (नवविकल्प साप्ताहिक, म्याग्दी), मध्यपश्चिमाञ्चलबाट गोविन्द केसी (नागरिक दैनिक, दैलेख), दीपबहादुर घर्ती (कमान्डर पोस्ट दैनिक, जाजरकोट) र ईश्वर अधिकारी (काँक्रेबिहार दैनिक, सुर्खेत) र सुदूरपश्चिमाञ्चलबाट वसन्तप्रताप सिंह (कान्तिपुर दैनिक, बझाङ), शेरबहादुर ऐर (अनुमोदन दैनिक, कैलाली) र टंकबहादुर कुँवर (बिन्तीपत्र साप्ताहिक, कैलाली) गरी संयुक्त रूपमा प्रदान गरेको छ ।
त्यस्तै उपत्यकासहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने 'संस्थागत शिक्षा पत्रकारिता पुरस्कार २०७२' तर्फ पूर्वाञ्चलबाट पूर्वेली एफएम (मोरङ) र रेडियो मकालु (धनकुटा), मध्यमाञ्चलबाट रेडियो मकवानपुर (मकवानपुर) र रेडियो रसुवा (रसुवा) लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । त्यस्तै उपत्यकाबाट रेडियो सगरमाथा १०२.४ (ललितपुर), पश्चिमाञ्चलबाट रेडियो सारथी १०७.४ (बागलुङ), मध्यपश्चिमाञ्चलबाट रुबरु एफएम (बाँके) र सुदूरपश्चिमाञ्चलबाट संयुक्त रूपमा रेडियो धनगढी ९०.५ (कैलाली) र रेडियो अमरगढी ९७.४ (डँडेल्धुरा) लाई प्रदान गरिएको छ ।
यसैगरी राष्ट्रिय पत्रपत्रिका र टेलिभिजनतर्फ 'संस्थागत शिक्षा पत्रकारिता पुरस्कार २०७२' युगबोध दैनिक (दाङ) र आजको शिक्षा साप्ताहिक (काठमाडौं) लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ भने टेलिभिजनतर्फ हिमशिखर टेलिभिजन (झापा) लाई प्रदान गरिएको छ । यसको राशि ४० हजार छ ।