तीन छोरीलाई विष खुवाएर आमाद्वारा आत्महत्या

तीन छोरीलाई विष खुवाएर आमाद्वारा आत्महत्या

मलंगवा: सर्लाहीको पिपरिया-३ की ३० वर्षीया गुन्द्रुदेवीले तीन छोरीलाई विष सेवन गराई आफूले पनि सेवन गरेकी छिन् । उनले सर्वतमा विष मिसाएर तीन छोरीलाई खुवाएकी थिइन् । यसबाट दुईजनाको मृत्यु भएको छ भने दुईको अस्पतालमा उपचार भइरहेको छ । विष सेवनबाट गुन्द्रुदेवीकी १० वर्षीया छोरी चन्दाकुमारीको मृत्यु भएको प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । घरमा कोही नभएको समयमा गुन्द्रुले छोरीहरूलाई विष खुवाएकी थिइन् ।

जेठी छोरी १३ वर्षीया पूजा र कान्छी छोरी तीन वर्षीया राधालाई उपचारका लागि वीरगन्ज पठाइएको छ । श्रीमान् रामाधार पण्डित मजदुरी गर्न बाहिर गएको मौका छोपेर गुन्द्रुदेवीले छोरीलाई विष खुवाएको स्थानीयले बताए । गरिबीका कारण तनावमा रहेकी गुन्द्रुले विषसेवन गरेको हुन सक्ने स्थानीयको अनुमान छ ।

सर्वत गन्हाएको भनेर थोरैमात्र खाएकी कान्छी छोरीले घरका अन्य सदस्यले बान्ता गर्न थालेपछि हल्ला गरेकी थिइन् । उनको हल्लापछि गाउँलेले थाहा पाएर चारैजनालाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लगेका थिए । अस्पताल पुर्‍याउँदा दुईजनाको मृत्यु भइसकेको प्रहरी नायब उपरीक्षक रिजालले बताए । तरकारी बारीमा छर्नका लागि राखेको विष गुन्द्रुदेवीले सर्वत बनाउन प्रयोग गरेकी थिइन् ।

छोरा गाईबस्तु चराउन गएको र अर्की छोरीले भने खान नमानेकाले उनीहरूलाई केही भएको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानमा गुन्द्रुदेवीले आफू पनि मर्ने र सन्तानलाई पनि मार्ने योजनाअनुसार विषसेवन गरे-गराएको देखिएको छ । उनले विषको सिसी माटोभित्र लुकाएर राखेकी थिइन् । खनेर माटोमुनिबाट सिसी निकालेर प्रयोग गरेको प्रहरीको भनाइ छ । श्रीमान्‌ले विष राखेको ठाउँ नदेखून् भन्ने उद्देश्यले लुकाएर राखेको हुन सक्ने रिजालको भनाइ छ ।

स्थानीयले भने छोरीलाई मात्र विष खुवाएर आफू मर्न खोज्नुले पारिवारिक तनाव पनि हुन सक्ने अनुमान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.