बटुवाले कहिले चेत्ने ?

बटुवाले कहिले चेत्ने ?

काठमाडौं: सडक प्रयोगकर्तालाई अनुशासन सिकाउन ट्राफिक प्रहरीले फलफूल मात्रै बाँडेन, एक घन्टा सडकमै कक्षासमेत लियो । यति गर्दा पनि सडक प्रयोगकर्तामा अझै सचेतना आएको छैन । सडक प्रयोगकर्ताकै सानो गल्तीले पनि दुर्घटना जोखिम बढेको ट्राफिक प्रहरीको भनाइ छ ।

सर्वसाधारण सडकमा भएका आकासे पुल, जेब्राक्रस र सडक लेनको प्रयोग गर्न अझै पनि हिचकिचाउने गरेको प्रहरीको दाबी छ । नजिकै जेब्राक्रस रहे पनि थोरै हिँड्नुको अल्छीले पैदलयात्रुले जथभावी बाटो काट्दा हुने जोखिम रोक्न अहिले ट्राफिक प्रहरीलाई धौधौ परेको छ । आकासे पुलबाट बाटो काट्ने प्रयोगकर्ताको संख्या कम रहेको ट्राफिकको भनाइ छ ।

सवारी चालकले जरिवाना र एक घन्टा कक्षा लिनुपर्ने भएपछि सडक लेन भने जसोतसो मान्दै आएको ट्राफिक प्रहरीले बताएको छ । उपत्यकामा २१ स्थानमा आकासे पुल छन् । तर सडक प्रयोगकर्ताले त्यसको प्रयोग न्यून मात्रामा मात्र गर्दै आएका छन् । पुलका खुड्किला चढ्न अल्छी मानेर छिटोछरितोका लागि सकभर सडकबाटै बाटो काट्न रुचाउनेहरूको ठूलो जमात रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआइजी प्रकाश अर्यालले बताए ।

आकासे पुलबाट बाटो नकाट्दा हुने जोखिमबारे थाहा पाउँदापाउँदै पनि जबर्जस्ती सवारीसाधनलाई हातले इसारा गर्दै पैदलयात्रीले सडकबाटै बाटो काट्दै आएको उनको भनाइ छ । 'आँखाअघि आकासे पुल छ । तर पैदलयात्रीले सडकबाटै बाटो काट्छन्', उनले भने, 'धेरैपटक सम्झाइयो, तर व्यवहारमा कहिल्यै परिवर्तन आएन ।'

सवारीसाधनको चाप बढी हुने सडक जमल, भोटाहिटी, पुरानो बसपार्क, न्यूरोड गेट, गोंगबु, पुल्चोक, लोकन्थली र कौशलटारमा रहेका आकासे पुलको समेत प्रयोग कम गर्ने गरेको उनको भनाइ छ । 'दुर्घटनाका कारकमध्ये सडक प्रयोगकर्ताको लापरबाही र गैरजिम्मेवारी पनि एउटा पर्छ', डीआईजी अर्यालले भने, 'पैदलयात्रीले जथाभावी बाटो काट्ने, सवारीसाधन सडकको लेन नमान्ने र जहाँ पायो त्यही रोक्ने, यात्री पनि जता मन लाग्यो उतै गाडी रोक्ने गर्छन् । यस्ता कुरामा सडक प्रयोगकर्ताले कहिले चेत्ने ।'

४२ प्रतिशत सडक दुर्घटना पैदलयात्रीकै कारण हुँदै आएको महाशाखाको भनाइ छ । सडक प्रयोगकर्तामा ज्ञानको कमी र ज्ञान भएकाहरूबाट समेत ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको डीआईजी अर्यालको भनाइ छ ।

सडकमा के गर्ने र नगर्ने ?
- हतार गरेर बाटो नकाटौं ।
- मोडहरूबाट बाटो नकाटौं ।
- रातको समयमा चम्किलो लुगा लगाएर मात्र बाटो काटौं ।
- सडकमा सधैं फुटपाथबाट मात्र हिँड्ने बानी बसालौं ।
- बालबालिकासँग यात्रा गर्दा उनीहरूलाई सडकको भित्तापट्टि पारेर अघि बढौं ।
- आफूतर्फ आइरहेको गाडीको हर्कत बुझौं ।
- सवारी आवागमनमा बाधा अवरोध पुग्ने गरी नहिँडौं ।
- रोकिराखेको ठूलो सवारीको अघिपछिबाट बाटो नकाटौं ।
- जेब्राक्रस र आकासे पुलबाट मात्रै बाटो काटौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.