टिसिएल ब्राण्डका सामग्री प्रदर्शन

टिसिएल ब्राण्डका सामग्री प्रदर्शन


काठमाडौं: जमलस्थित विश्वज्योति मलमा टिसिएल ब्रान्डका सामग्रीको प्रदर्शन सुरु भएको छ । टिसिएलको नेपालका लागि आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रालिले उक्त प्रदर्शन गरेको हो ।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त विश्वकै ठूलो टिभी ब्राण्ड टिसिएलले प्रदर्शनीमा आफ्ना विभिन्न उत्पादन राखेको जनाएको छ । एक सातासम्म चल्ने उक्त प्रदर्शनीमा ग्राहकले टिसिएलका सामग्रीको अवलोकन गर्ने मौका पाउनुका साथै सामाग्री खरिद गर्दा विशेष छुटको व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ ।

ग्राहकहरूलाई सामाग्रीको बारेमा अझ बढी ज्ञान र जानकारी होस् भन्ने उदेश्यले प्रदर्शनीको आयोजना गरिएको हो । एलइडी टिभीका लागि विश्वकै तेस्रो ब्राण्ड टिसिएलले नयाँ डिजाइन थप्न सधैँ क्रियाशील रहने कम्पनीले जनाएको छ । टिसिएलले नेपाली बजारमा छोटो समयमा नै लोकप्रियता हासिल गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.