भिबोर सोसाइटी डेभलपमेन्ट बैंक सम्मानित

भिबोर सोसाइटी डेभलपमेन्ट बैंक सम्मानित

काठमाडौं: भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड लन्डनमा भएको 'समिट अफ लिडर २०१६, सोक्रेट्स अवार्ड सेरोमोनी' मा 'वेस्ट इन्टरप्राइज अवार्ड' बाट सम्मानित भएको छ । उक्त पुरस्कार युरोप बिजनेस एसेम्ब्लीद्वारा प्रदान गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल पनि 'म्यानेजर अफ द इयर' बाट सम्मानित भएका छन् ।

बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'पहाडदेखि तराइ र पूर्वदेखि पश्चिमसम्म शाखा सञ्जालमार्फत् सर्वसाधारणमा वित्तीय पहुँच पुर्‍याउन विशेष योगदान गरेको, जस्तो सुकै वित्तीय अप्ठेरो परिस्थितिलाई समेत सजिलै व्यवस्थापन गरी आफ्ना ग्राहकको हितमा कार्य गर्न सफल रहेको, साथै सफल बजार रणनीतिद्वारा आफूलाई बलियो रूपमा उभ्याउन सफल भई आजको ठूलो डेभलपमेन्ट बैंकको रुपमा स्थापित हुन सफल भएकाले उक्त अवार्डबाट सम्मान गरिएको हो ।'

उक्त पुरस्कार ग्रहण लण्डनको अक्सफोर्डमा बैंकका अध्यक्ष सुशीलराज पराजुली र प्रमुख कार्यकारी अधिकृत खनालले गरे । देशकै ठूलो चुक्ता पूँजी भएको उक्त बैंकका देशभरि ४२ वटा शाखा तथा एक एक्स्टेन्सन काउण्टरसहित बृहत संजाल छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.