चन्द्रागिरि जान निःशुल्क बस

चन्द्रागिरि जान निःशुल्क बस

काठमाडौं: चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौंका विभिन्न स्थानबाट थानकोटसम्म पुग्न निःशुल्क बस सेवाको शुभारम्भ गरे । थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरि घुम्न आउने पर्यटकलाई यो सेवाले थप सहज हुने बताए ।

चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शनार्थी तथा घुम्न आउने पर्यटकको लागि अशोक लेल्याण्डको ४२ सिट भएको निःशुल्क बससेवाको व्यवस्था गरेको हो । बस प्रत्येक दिन बिहान साढे ७ बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटअगाडि लाग्ने छन् ।

महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँबसपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलंकी हुँदै चन्द्रागिरि केबलकार पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी हुँदै चन्द्रागिरि केबलकार पुग्ने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.