सिद्धार्थ इन्स्योरेन्स तथा हिमालयन बैंकबीच सम्झौता
काठमाडौं: सिद्धार्थ इन्स्योरेन्स तथा हिमालयन बैंकबीच एस्योरेन्स सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट कामु महाप्रबन्धक बीरेन्द्र वैदवार क्षत्री तथा बैंकका तर्फबाट अशोकशमशेर जंगबहादुर राणाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार इन्स्योरेन्स तथा बैंकका बीचको व्यावसायिक सम्बन्धलाई बलियो बनाउने र बीमितलाई सहज रूपमा वीमा सेवा प्रदान गर्न सकिने विश्वास बैंक तथा इन्स्योरेन्स कम्पनीले लिएको छ ।