काञ्जिरोवामा नमुना सम्मेलन

काञ्जिरोवामा नमुना सम्मेलन

काठमाडौं: काञ्जिरोवा नेसनल स्कुलमा नमुना संयुक्त राष्ट्रसङ्घीय सम्मेलन सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थी सम्मिलित उक्त सम्मेलनमा समसामयिक अन्तर्राष्ट्रिय घटनाक्रमबारे छलफल गरिएका छ ।

संयुक्त राष्ट्रसङ्घीय उच्चस्तरीय शरणार्थी आयोग, संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन, विश्व स्वास्थ्य संगठन, विशेष राजनीतिक तथा अनौपनिवेशिक समितिलगायत संयुक्त राष्ट्रसङ्घका विभिन्न आंगीक निकायको प्रतिनिधित्व गरेका विद्यार्थीले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्समक्ष आ–आफ्ना सङ्कल्प–मस्यौदा प्रस्तुत गरेका थिए ।

विद्यार्थीका सङ्कल्प-मस्यौदामा शरणार्थी र विस्थापित व्यक्तिका लागि सम्पत्ति र शिक्षाको प्रवद्र्धन, उदीयमान जोखिमबाट विश्व सम्पदा क्षेत्रको सुरक्षा, जलवायु परिवर्तनले सार्वजनिक स्वास्थ्यमा पारेको प्रभाव, सिरिया र इराकको राज्यविस्तार नियन्त्रण, गरिबी उन्मूलन र मानवअधिकारको संरक्षण, लैंगिक हिंसा र भेद्भाव नियन्त्रण, इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वजस्ता समसामयिक कुरा उल्लेख गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक महेन्द्र खनालले अन्तर्राष्ट्रिय जगत्मा विकसित घटनाक्रमको पहिचान गरी समस्या समाधानका उपायहरूको खोजी गर्न तथा विद्यार्थीहरूमा अनुसन्धानमुखी गुणको विकास गर्न सम्मेलन आयोजना गरिएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.