टाटाले भित्रायो बसको च्यासिस

टाटाले भित्रायो बसको च्यासिस

काठमाडौं: भारतीय बस निर्माता कम्पनी टाटा मोटर्सले लक्जरी बसको च्यासिस नेपाली बजारमा भित्र्याएको छ । टाटा मोटर्सको नेपालका लागि अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले एयर सस्पेन्सनयुक्त एलपीओ १५१२/५५ च्यासिस ल्याएको हो ।


बसको च्यासिस १०.७ मिटर लामो छ । यो लामो दूरीको यातायात र पर्यटकीय बसका रूपमा प्रयोग गर्न सकिन्छ । बसको च्यासिस टाटा कमिन्स कमिन्स टर्वोचार्ज इन्टरकुल्ड डिजेल इञ्जिनको शक्तिले सम्पन्न छ । यसमा १३३ हर्ष पावरको इन्जिन, वाइडबडी च्यासिस, एयर सस्पेन्सन र ४० रिक्लाइनिङ सिटहरू जडित छ ।


बसको कार्यक्षमता उच्च रहेको छ । यसले आरामदायी यात्राको सुनिश्चितता गर्ने कम्पनीको दाबी छ । सुरक्षाका दृष्टिकोणले पनि उत्कृष्ट छ । त्यसैले शहरभित्र र शहर बाहिरको यात्राका लागि बस अति उपयोगी हुनेछ ।


यसमा १३३ हर्ष पावरको इञ्जिन जडान गरिएको छ । चार सय ९० न्युटल मिटरको टर्क, दुई सय ५३ मिलिमिटरको क्लचप्लेट र जी–६०० गियर बक्सजस्ता विशेषताले सुसज्जित रहेको छ । सोही विशेषताका कारण पहाडको अप्ठ्यारो सडकमा पनि बसले सहज रूपमा भार बहन गर्ने क्षमता राख्छ । जी–६०० गियर बक्समा पनि ओभर ड्राइभ विशेषता र ४१/७ अनुपातको क्राउन भएका कारण च्यासिसले कम इन्धनमा नै उच्च गति प्रदान गर्ने बताइएको छ ।


सिप्रदीले नेपालमा टाटा गाडीहरु बिक्री वितरण गर्दै आएको छ । यसका नेपालभरि २४ वटाभन्दा बढी सेवा केन्द्रहरू रहेका छन् । सिप्रदीको बिक्रीपछिको सेवा पनि उत्कृष्ट रहेको छ ।


सवारीधनीका लागि बिक्रीपछिको सेवा पनि महत्वपूर्ण हुन आउँछ । यही कारण पनि टाटा गाडी नेपालमा सर्वाधिक लोकप्रिय बनेका छन् । बस तथा ट्रकको बिक्रीपछिको सेवामा नेपालकै सबैभन्दा बढी सञ्जाल भएको कम्पनी हो– सिप्रदी ट्रेडिङ ।


नयाँ बस पनि नेपालमा लोकप्रिय हुने कम्पनीको विश्वास छ । उत्कृष्ट सेवा र सर्वसुलभ मर्मतसम्भारका दृष्टिकोणले एलपिओ १५१२/५५ एयर सस्पेन्सन बसले ग्राहकलाई विश्वस्त पार्ने क्षमता राख्छ । यो गाडीमा तीन वर्ष अथवा तीन लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.