९० प्रतिशत सेयर डिम्याटमा (भिडियो रिपोर्ट)
काठमाडौं: नेपालको सेयर बजारमा डिम्याट प्रणाली लागू भएको एक वर्षमा करिब ९० प्रतिशत पब्लिक सेयर डिम्याट प्रणालीमा गइसकेको छ ।
अहिलेसम्म छ लाख भन्दा बढी लगानीकर्ताको डिम्याट खाता र एक अर्ब भन्दा बढी डिम्याट (अभौतिकीकरण) गरिएका धितोपत्र रहेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले बताए ।
नेपालको शेयर बजारमा २०७० बैशाख २ गते देखि पहिलोपटक धितोपत्रको अभौतिकिकरण अर्थात डिम्याटमा आधारित कारोबार प्रणाली लागु भएको थियो । तर पूर्णरुपमा डिम्याट प्रणालीमा मात्र कारोबार गर्ने प्रावधान भने २०७२ साल माघ २ गते सुरु भएको हो ।
भिडियो रिर्पोट हेर्नुहोस