रुखले च्यापेर वृद्धको निधन
अर्घाखाँचीः अर्घाखाँची जिल्लाको नरपानीमा एक वृद्धको रुखले च्यापेर मृत्यु भएको छ ।
बुधबार आफ्नो घर नजिकै रुख ढाल्न लागेको आबाज सुनेर सो ठाउँमा पुग्दा नपुग्दै रुख ढलेर सन्धिखर्क ६ भुवनडाँडा निबासी ७३ वर्षका गंगा बहादुर थापाको रुखले च्यापेर निधन भएको हो ।
गम्भीर घाइते भएकी वृद्धको जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि बुटवलमा रिफर गरि लैजाने क्रममा सुपा देउरालीमा निधन भएको हो ।