प्रधानमन्त्रीलाई सभामुखको आग्रह : निर्णायक पहल गर्नुस्, पाँच दिनमा निकास खोज्नुस्

प्रधानमन्त्रीलाई सभामुखको आग्रह : निर्णायक पहल गर्नुस्, पाँच दिनमा निकास खोज्नुस्

काठमाडौं : सभामुख ओनसरी घर्तीले राजनीतिक निकासका लागि निर्णायक पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विशेष आग्रह गरेकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहानै पुगेकी घर्तीले व्यवस्थापिका संसदको अर्को बैठकको मिति भन्दा अघि नै निकास निकाल्ने गरी पहल गर्न आग्रह गरेकी हुन्। सभामुखका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार अब ढिलाइ गर्दा जटिलता आउनेतर्फ संकेत गर्दै विपक्षीलाई विश्वासमा लिएर सहमतिको एउटा विकल्प खोज्न सभामुखले प्रधानमन्त्रीलाई सल्लाह दिएकी छिन्।

प्रधानमन्त्रीसँगको भेटमा सभामुख घर्तीले अब बस्ने संसद्को बैठक सुचारु हुने वातावरण बन्नेमा आफू आशावादी रहेकी बताएकी थिइन्। घर्तीको भनाइ थियो, 'केही लचिलो बनेर भए पनि सहमति खोज्नुपर्‍यो। अब ढिला भइसक्यो।' संसद्को आगामी बैठक पुस २४ गते आइतबार बस्दैछ। 

प्रधानमन्त्री प्रचण्डले एमालेलगायतका विपक्षीसँगको छलफल सकारात्मक रेहको बताउँदै राजनीतिक गतिरोधको अन्त्य गरी निकास निकाल्न आफुले हदैसम्मको पहल गर्ने र छिटै सहमति जुट्ने विश्वास व्यक्त गरेका थिए। प्रचण्डले निकास खोज्न लचिलो बन्ने एमालेको मंगलबार बैठकको निर्णय पनि सहमतिको पक्षमा देखिएको भन्दै अब निकास निस्कने बताएका थिए।

सभामुख ओनसरी घर्तीले मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि अलग्गै भेटवार्ता गरेकी थिइन्। उनले लचिलो बनेर राजनीतिक निकास निकाल्न आग्रह गरेकी थिइन्।

सरकारले मधेसलाई सम्बोधन गर्न मंसिर १४ गते संविधान संशोधन दर्ता गरेपछि एक महिनादेखि संसद् अवरुद्ध छ। संविधान संशोधन फिर्ता लिनुपर्ने र चुनाव घोषणा हुनुपर्ने अडान राख्दै एमालेले संसद् चल्न दिएको छैन। अवरोधका कारण अहिलेसम्म संविधान संशोधन प्रस्ताव संसद् प्रवेश गर्न पाएको छैन। सर्वोच्च अदालतले पुस १८ गते संविधान संशोधन रोक्नु नपर्ने निर्णय गरेपछि सहमति पक्षमा वातावरण बनाउन केही सहज भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.