गाँजा र अफिम खेती नष्ट गर्न प्रहरीको सक्रियता

गाँजा र अफिम खेती नष्ट गर्न प्रहरीको सक्रियता

हेटौँडाः मकवानपुर प्रहरीले तीन सय तीन बिगाह जमिनमा लगाईएको अबैध लागूऔषध गाँजा र अफिम फडानी गरी नष्ट गरेको छ ।

गत मंसिर १७ गतेबाट पौष १८ सम्म सञ्चालित एक महिने लागूऔषध न्युनिकरण अभियानमा दुई सय ६९ विगहा गाँजा तथा ३४ बिगाह अफिम खेती नष्ट गरेको मकवानपुर प्रहरी प्रमुख एसपी बसन्त कुमार लामाले बताए ।

अभियान अन्र्तगत मकवानपुरको हेटौँडा-२७ मा २५ बिगाह, भार्ता गाविसमा ३० कठ्ठा, डाँडाखर्क गाविसमा १५ रोपनी, काँकडा गाविसमा ६८ बिगाह, राक्सीराङ गाविसमा एक सय २५ बिगाह लगाएत अन्य गाविसहरुमा गरि तीनसय तीन बिगाह गाँजा र अफिम नष्ट गरेको उनले जानकारी दिए ।

‘बारीमै गाँजा र अफिम खेती फडानी गरी लागूऔषध कारोबारमा न्युनिकरण गर्न हामीले यो अभियान सञ्चालन गरेका हौं’, लामाले भने, ‘मकवानपुरमा हामीले देखेको र सूचना प्राप्त भएका सबै स्थानमा गाँजा र अफिम नष्ट गरेका छौं ।’

दुई सय ६९ बिघा गाँजा तथा ३४ बिघा अफिम खेती नष्ट गरिएको छ । 

मकवानपुरलाई लागूऔषध गाँजा र अफिम खेती मुक्त गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको उनले बताए । साथै मकवानपुर प्रहरीले बिभिन्न मुद्धामा पछिल्लो एक महिनाको अवधिमा एक सय ४० जनालाई पक्राउ गरेको जनाएको छ । तीमध्ये ८५ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी प्रमुख लामाले जानकारी दिए ।

प्रहरीले लागूऔषध कारोबारी, जवरजस्ती करणी, चोरी, कर्तब्य ज्यान लगायत मुद्धामा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

तीमध्ये सबैभन्दा बढी जुवाडे ४२ र लागूऔषध मुद्धामा २७ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त अवधिमा विभिन्न अपराधमा आदालतले सजाय सुनाएको २० जना फरार अभियुक्तलाई समेत पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी बामदेव गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.