जिविसकाे मिलेमताेमा ढुङगा,गिटी र बालुवा तस्करी

जिविसकाे मिलेमताेमा ढुङगा,गिटी र बालुवा तस्करी

धरानः सुनसरीको धरान उपमहानगरपालिकाको सेउती खोलामा अनाधिकृत रुपमा स्काईभेटर प्रयोग गरी ढुङगा, गिटी र बालुवा तस्करी गर्ने १३ जनालाई स्थानीय बाँझगरा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।


बुधवार राष्ट्रपती चुरे संरक्षण क्षेत्रमा पर्ने सेउती खोलामा स्काभेटर प्रयोग गरी ढुङगा,गिटी र बालुवा उत्खनन गरी तस्करी गर्दै गरेको अबस्थामा स्थानीय बासिन्दाले १३ जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

जिल्ला वन कार्यालय र सामुदाययिक वन क्षेत्रमा पर्ने सुनसरीको सेउती खोला र पटनाली खोलामा बिना अनुमति नदीजन्य पदार्थको उत्खनन गरी तस्करी हुन थालेपछी बाँझगरा सामुदयिक वन उपभोक्त समितिका अध्यक्ष राजन मोक्तानको नेतृत्वमा गएको स्थानीय बासिन्दाको टोलीले तस्करी गर्नेलाई नियन्त्रणमा लिएको हो ।

राष्ट्रपति चुरे क्षेत्रमा नदीजन्य पदार्थको निकासी गर्न नपाइने नियम रहेको भए पनि जिविस सुनसरीले जिल्ला वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिलाई जानकारी नै नदिइकन सेउती खोला र पटनाली खोलामा स्काभेटर प्रयोग नगरीकन ढुङगा, गिटी र बालुवा निकासी गर्न इटहरीका ठेकेदार भीम पौडेलसंग ठेक्का सम्झौता गरेको थियो ।

तर, ठेकेदार पौडेलले भारतीय नम्बर प्लेटका गाडि समेत प्रयोग गरेर तस्करी गरेपछि आबश्यक कारवाहीका लागि प्रहरीलाई बुझाएको बाझगरा सावउसका अध्यक्ष राजन मोक्तानले बताए ।

प्रहरीले तस्करी गर्न प्रयोग गरिएको डब्लुबी ७४एबी ७८०८ नम्बरको भारतीय कार समत बरामत गरेको छ ।

सुनसरीका स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेसँगको मिलेमतोमा इटहरीका ठेकेदार भिम पौडेल, चतराका सुरेश श्रेष्ठले सेउती खोला र पटनाली खेलामा अनाधिकृत रुपमा स्काभेटर लगाएर नदीजन्य पदार्थको तस्करी गरेको बाँझगरा सावउसका सहसचिव कुमार भारतीले आरोप लगाए ।

नदीजन्य पदार्थको तस्करी गर्दै गरेको अबस्थामा समितिका पदाधिकारीले १३ जना सवारी चालक र १२ ट्रिपर, एउटा भारतीय नम्बर प्लेटको कार र एउटा स्काभेटर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थको तस्करी गर्ने इटहरीका धनकुमार राई, सुजन राई, सन्तोष चौधरी, कपिलराज धामी, कृष्ण बस्नेत, प्रसान्त तामाग, टिका भट्टराई, महिन्द्रप्रसाद चौधरी, सरोज चौधरी, दिलबहादुर पौडेल, तेजनारायण चौधरी, दिपक तामाङआषिस मगर, टिका भट्टराईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए ।

उनले सुनसरीका खोलानालाबाट स्काभेटर लगाएर ढुङगा,गिटी र बालुवा निकासी गर्न प्रतिबन्ध लगाइएकाले तस्करी गर्नेलाई आबश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइने बताए । उनले अनाधिकृत रुपमा पटनाली खोलाबाट पनि स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थको निकासी गरिएपछी एउटा स्काभेटर बरामत गरिएको बताए ।

सरकारले खोलानाला क्षेत्रमा पर्ने मोटरबाटो, पुल, र वन क्षेत्र भन्दा ५ सय मिटर वरपर ठेक्का लगाएर नदीजन्य पदार्थ उत्खनन गर्न प्रतिबन्ध लगाएको भएपनि सुनसरी जिवसले अनाधिकृत रुपमा नदीजन्य पदार्थको निकासी गर्न ठेक्का लगाएपछी बन षेत्रको अस्तित्व नै समाप्त हुन लागेको बाझगरा सावउसकी सचिव माया राईले बताए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकराज पौडेलले चुरे क्षेत्रका खालोनालामा स्काभेटर लगाएर नदीजन्य पदार्थको तस्करी गर्नेलाई मुद्धा दर्ता गरी कडा कारवाही गर्ने चेतावनी दिएका छन् । उनले अनाधिकृत रुपमा चुरे क्षेत्रमा नदीजन्य पदार्थको निकासी गर्न दिने जिविसका कर्मचारीमाथि पनि कारवाही प्रकृया अगाडि बढाउने बताएका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.