नागरिकताको गलत प्रयोग गरेर ठगी

नागरिकताको गलत प्रयोग गरेर ठगी

बनेपाः सम्बन्धित व्यक्तिलाई थाहा नै नदिई उसको नागरिकताको गलत प्रयोग गर्दै लाखौं रुपैँया ठगी गर्ने एक गिरोहलाई प्रहरीले प्रक्राउ गरेको छ ।

दर्जौनौ व्यक्तिको नाम र नागरिताको दुरुपयोग गर्दै आइएमीबाट लाखौ रुपैया कारोबार र ठगी गर्दै आएका गिरोहलाई जिल्ला प्रहरी कार्यलय काभ्रेले प्रक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा तनह श्याम्घा ४ का २६ वर्षीय बसन्त बहादुर थापा क्षेत्री रहेका छन् । केही वर्ष अघिदेखी रुस लगायत विभिन्न मुलुकमा पठाईदिने भन्दै कन्सटेन्सी र युवासंग लाखौ रुपैया ठगी गर्दै आएका क्षेत्रलीलाई मंगलबार जिल्ला प्रहरी कार्यलय काभ्रेले प्रक्राउ गरेको एसपी सहकुल थापाले जानकारी दिए ।

उनका अनुसार विभिन्न व्यक्तिको नागरीकताको गलत प्रयोग गर्दै रकम झिक्दै गरेको अवस्थामा प्रहरीले उनलाई बनेपा चारदोबाटोमा रहेको डेभो आईएममीबाट पक्राउ गरेको हो ।

एसपी थापाले भने ‘रसिया जाने व्यक्तिले अरुणालाई प्रमाणका लागि रकम खातामा हालिदिन भनेपछि अरुणाले अनिलदुवालको खातामा आईएममी गरेर रकम पठाउने गरेकी थिईन् ।’

रसियामा सिधै रकम पठाउनुभन्दा नेपालमा भएको मेरो मान्छेलाई आईएममी गरेर रकम पठाईदिनुस भन्दै अरुणाले पटक-पटक काभ्रेको अनिलदुवालको नाममा रकम पठाउने गरेको अरुणाले बताईन् ।

‘रसिया जुन उदेश्यले गएका थिए त्यो भन्दा काममा फरक गुनासो गरे त्येसपछि आफुले रकम पठाउने गरेको पनौती १२का अनिल दुवालको बारेमा बुझ्न काभ्रे आँउदा रकम पठाएको व्यक्तिनै फरक परेको हो ।’

प्रक्राउ परेका बसन्त भने आफूलाई रसियामा बस्दै आएका जीवन केसी नाम बताउने लक्ष्मण थापाले आईएममीबाट पठाएको रकम झिकेर अन्यत्र खातामा सार्ने र सो बापत केही रकम दिने गरेको बताए ।

प्राप्त भएको रकम विभिन्न व्यक्तिको खातामा पठाउने गरेको छन् । प्रहरीले उनिबाछ ५० भन्दा बढी भौचर, नेपाल टेलिकम र एनसीएको ६ वटा सिम र एक दर्जन भन्दा बढी अन्य व्यक्तिका नागरिकताको प्रतिलिपी जफत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.