परिवारका दश जनाको हत्या गरी एक भारतीयले गरे आत्महत्या

परिवारका दश जनाको हत्या गरी एक भारतीयले गरे आत्महत्या

भारतः भारतको उत्तर प्रदेशस्थित अमेथी जिल्लामा एक व्यत्तिले दश जनाको परिवारका सदस्यको हत्या गरी आत्महत्या गरेका छन् ।

उनले आफ्नै परिवारका १२ जनालाई विषादी सेवन गराई लठ्याएपछि धारिलो हतियार प्रयोग गरी १० जनाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

महनोशा क्षेत्रमा भएको उत्तर घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक प्रहरी अनुसन्धानबाट ४५ वर्षीय जमालुले पहिले परिवारका सम्पूर्ण सदस्यलाई विषादी खुवाई धारिलो हतियारको सहायता हत्या गरको प्रहरी उपरीक्षक सन्तोषकुमार सिंहले बताए ।

परिवारका सदस्यहरुको हत्या पश्चात जमालुले झुन्डिएर आत्महत्या गरको हुनसक्ने बताइएको छ । घटनापछि परिवारकै दुईजनालाई स्थानीय एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । रासस/ पीटीआई


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.