आक्रमणपछि फिलिपिन्समा १५८ कैदी फरार

 आक्रमणपछि फिलिपिन्समा १५८ कैदी फरार

फिलिपिन्सः फिलिपिन्सको दक्षिणमा अवस्थित किडापवन शहरको जेलमा बुधबार आक्रमण गरी एक अज्ञात समूहले जेलका १ सय ५८ कैदीलाई भगाएको फिलिपिनी अधिकारीले बताएका छन् ।

सरकारी अधिकारीले घटनामा फिलिपिन्सको इस्लामिक स्टेट (आइएस) समूहसँग आवद्ध रहेको मुसलमान विद्रोहीको हात रहेको हुनसक्ने बताइएको छ ।

राति ०१ बजेको समयमा करिव १०० जना सशस्त्र लडाकूले जेलमा एक्कासी आक्रमण गरेपछि दुई घन्टासम्म गोली हानाहान चलेको र केही कैदी विद्रोहीसहित १सय ५८ जना अन्य कैदीलाई उनीहरुले भगाएको जेल प्रशासनले जनाएको छ ।

विद्रोहीले आफ्ना लडाकूलाई रिहा गर्न आक्रमण गरेको हुनसक्ने भएपनि यसबारे अनुसन्धान जारी रहेकोे जेल प्रमुख पिटर जोन बोङ्गटलाई उद्धृत गर्दै एविस–सिविएन टेलिभिजनले जनाएको छ । जेलमा एक हजार ५११ जना कैदी रहेकोमा अन्य कैदी भने भाग्न अस्वीकार गरेका थिए ।

घटनामा एकजना जेलका गार्ड र छ जना विद्रोहीको मृत्यु भएको बताइएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.