घर-घरमा नयाँ शक्ति अभियान लिएर तनहुँमा बाबुराम
दमौलीः नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन गरी तीनै तहको निर्वाचन गर्न आवश्यक रहेको बताए ।
घर घरमा नयाँ शक्ति अभियानअन्तर्गत नयाँ शक्ति नेपाल क्षेत्र नं. ३ तनहुँद्वारा बुधबार दुलेगौडामा आयोजित कार्यक्रममा उनले मधेसी मोर्चाको माग सम्बोधन हुने गरी संविधान संशोधन गर्न आवश्यक रहेको बताए ।
संयोजक भट्टराईले भने, ‘पार्टी आर्थिक समृद्धिको नारा लिएर अगाडि बढेको छ, त्यसमा सबैको साथ आवश्यक पर्छ ।’
पार्टी सङ्गठन विभाग प्रमुख देवेन्द्र पौडेल, तनहुँ क्षेत्र नं. ३ का संयोजक गोविन्द भट्टराई, शुक्ला गण्डकी नपाका संयोजक सूर्यनारायण श्रेष्ठ, सचिवालय सदस्य जनार्दन वियोगीलगायतले संविधान कार्यान्वयनका लागि प्रमुख दल मिल्नुको विकल्प नभएको बताए । रासस