त्रिविको नियुक्तिमा नयाँ प्रावधान

त्रिविको नियुक्तिमा नयाँ प्रावधान

काठमाडौं: त्रिभुवन विश्वविद्यालयले आफूअन्तर्गतका आंगिक क्याम्पसमा सहायक प्राध्यापकबाट शिक्षण सेवामा उम्मेदवारको प्रवेश गराउने भएको छ ।

यसअघि उपप्राध्यापकबाट शिक्षण पेसामा कर्मचारी पदपूर्ति गरिँदै आएको थियो । नयाँ व्यवस्थाअनुसार सहायक प्राध्यापकबाट बढुवा भएपछि वा सीधै प्रतिस्पर्धा गरेपछिमात्र उपप्राध्यापक हुन पाउनेछन् । बुधबार सम्पन्न विश्वविद्यालय सभाले २०५० को विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम संशोधन गरेर यस्तो व्यवस्था गरेको हो ।

यसअघि विश्वविद्यालयले प्राध्यापन सेवामा उपप्राध्यापक पदबाट सेवा प्रवेश गराउँदै आएको थियो । उपप्राध्यापकलाई उपसचिवसरहको सेवा तथा सुविधा प्रदान गरिँदै आएको थियो । नयाँ सिर्जना गरिएको सहायक प्राध्यापकलाई भने अधिकृतसरहको सेवा तथा सुविधा प्रदान गरिने त्रिविले जनाएको छ ।

नयाँ पद सिर्जना गरेसँगै विश्वविद्यालयमा सहायक प्राध्यापकसहित उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापक पद हुनेछ । त्रिविमा हाल साढे सात हजार प्राध्यापक कार्यरत छन् । सहायक प्राध्याकपबाट शिक्षण पेसामा कर्मचारी भर्ती गर्दा विश्वविद्यालयलाई आर्थिक भार घट्नेछ भने विश्वविद्यालयमा प्राध्यापकसम्म पुग्दा सम्बन्धित व्यक्ति शिक्षण पेसामा दक्षसमेत हुनेछन् ।

'अहिलेको ट्रेन्ड उपप्राध्यापक बनेको सात वर्षपछि सहप्राध्यापक बन्ने र सहप्राध्यापक बनेको दस वर्षपछि प्राध्यापक बन्ने रहेको छ', शिक्षाध्यक्ष डा.सुधा त्रिपाठीले भनिन्, 'त्यसपछि वरिष्ठ प्राध्यापक बन्ने र एकदुई पिरियड पढाएर जागिर खाने प्रवृत्ति बढेको छ । यसैलाई तोड्न नयाँ व्यवस्था गरिएको हो ।'

अहिले त्रिविमा प्राध्यापक बनेका थुप्रै व्यक्तिले सातामा एकदुई पिरियडमात्र पढाएर जागिर पकाउने गरेका छन् । सहायक प्राध्यापकबाट सेवा प्रवेश गरे पनि उपप्राध्यापक पदको २५ प्रतिशत कोटामा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ ।

२८ वर्षमाथिकाले स्ववियुमा बस्न नपाउने

अबदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको उम्मेदवार बन्न उमेर २८ वर्षभन्दा कम हुनुपर्नेछ ।

प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालको अध्यक्षतामा सम्पन्न सभाले यस्तो निर्णय गरेको हो । विगतमा मुख्य विद्यार्थी संगठनबीच यही विषयमा कुरा नमिल्दा चुनाव हुनसकेको थिएन । त्रिविले फागुन १४ गतेलाई स्ववियु चुनावको मिति यसअघि नै घोषणा गरिसकेको छ ।

विगतमा विद्यार्थी संगठनबीच यही विषयमा कुरा नमिले पनि बुधबार उमेर हद तोक्ने विषयमा आयोजना गरिएको बैठकमा विद्यार्थी संगठनका प्रतिनिधि भने सहभागी भएनन् । 'यसको अर्थ विद्यार्थीले उमेर हदलाई स्वीकार गरेका हुन् भनेर बुझ्नुपर्छ', त्रिपाठीले भनिन्, 'विद्यार्थीले विगतमा भएको छलफलमा जसरी पनि स्ववियु चुनाव हुनुपर्छ भन्ने माग राखेका थिए ।'

प्रत्येक दुई वर्षको अवधिमा हुनुपर्ने स्ववियु चुनाव २०६५ सालदेखि हुनसकेको छैन । त्रिविले उमेर हद तोकेसँगै विद्यार्थी संगठनहरू पनि चुनावको आन्तरिक तयारीमा जुटिसकेका छन् । अनेरास्ववियुकी उपाध्यक्ष सुनिता बरालले आफ्नो संगठन स्ववियु चुनावको तयारीमा जुटिसकेको बताइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.