प्रभु बैंकद्वारा निःशुल्क आखाँ शिविर
काठमाडौः प्रभु बैंक लिमिटेडले तिलगंगा आखाँ प्रतिष्ठानको सहकार्यमा मुस्ताङको कोबाङमा तीन दिने निःशुल्क आखाँ शिविर सम्पन्न गरेको छ ।
पुस १५, १६ र १७ गते आयोजित उक्त शिविरमा एक ५० जनाले आखाँ जाँच र आखाँसम्बन्धी विभिन्न रोगको परीक्षण गरेका थिए । शिविरबाट मोतीबिन्दु, जलबिन्दु आदिको चिकित्सा सल्लाह सुझाव पनि प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि यस्ता क्रियाकलाप गराउँदै जानेछ ।