निर्धन उत्थान बैंक र बुम रेमिटबीच सम्झौता
काठमाडौः निर्धन उत्थान बैंक र बुम रेमिटेन्स प्रालिबीच रेमिटेन्स सम्झौता भएको छ । बुधबारदेखि लागू हुनेगरी बुम रेमिटमार्फत विदेशबाट पठाएको रकम निर्धन उत्थान बैकका एक सय ८८ वटा शाखामार्फत भुक्तानी गर्न सकिने भएको छ ।
साथै बुम रेमिट सफ्टवेयरमार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्यका लागिसमेत सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैकका तर्फबाट सहायक महाप्रबन्धक राजनारायण दास र बुम रेमिटका तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् ।
बुम रेमिटको नेपालका ७५ वटै जिल्लामा ४००० भन्दा बढी प्रतिनिधि छन् । हाल बुम रेमिटले माल्दिभ्स र खाडी मुलुकबाट रेमिटेन्सको कारोबार गर्दै आएको छ र चाडै नै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, इजरायल, भारत र अमेरिकाबाटसमेत कारोबार सुरुगर्ने जनाएको छ ।
आन्तरिक सञ्जाललाई तीव्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफ्नो सञ्जाललाई विस्तार गर्दै जाने योजना बनाएको छ ।