भैरहवामा पनि अन्नपूर्ण रोड सो

भैरहवामा पनि अन्नपूर्ण रोड सो

भैरहवाः हात खाली नजाने विशेष ग्राहक योजनासहितको अभियान लिएर अगाडि बढिरहेको अन्नपूर्ण रोड सोको टोली बुधबार भैरहवा आइपुगेको छ ।

अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक बुटवल क्षेत्रीय कार्यालयको टोली, अन्नपूर्ण पोस्ट् पत्रिका र अन्नपूर्ण टुडे म्यागजिनका सम्बन्धमा स्थानीयबाट सुझाब संकलन र नयाँ ग्राहक योजनासहित भैरहवामा रोड सो सुरु गरिएको हो । रोड सोमा क्षेत्रीय कार्यालयबाट आएका बजार प्रतिनिधि, कर्मचारी र संचारकर्मी सहभागी थिए ।

टोलीले भैरहवाको मुख्य बजार बैंकरोड, मैत्रीपथ, मिलनचोक, बुद्धचोक, देवकोटाचोक, गल्लामन्डी, पक्लिहवा, बीपी पथ, लुम्बिनी रोड, एयरपोर्ट, अन्नपूर्ण टोल, नयाँ कोलोनी, शान्तिनगर, नारायणपथ, नयाँ सडक, वेलहिया, आँखा अस्पताल लाइन र सुनौली बजारमा रोड सोको आयोजना गरिएको क्षेत्रीय कार्यालय प्रमुख रामबन्धु पौडेलले बताए ।

यसैबीच रोड सो कार्यक्रममा ग्राहक बन्दै इनोभेटिभ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रबहादुर रावतले अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक पत्रिकाहरुमध्ये राम्रो भएको र विशेष योजनासहित आएकोमा झनै खुसी लागेको बताए ।

यसैगरी एभरेस्ट फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिमबहादुर कार्कीले पनि पत्रिकाले मुलुकको अर्थतन्त्रलाई महत्व दिएर अर्थतन्त्र विशेष पेज नियमित प्रकाशन गरेकोमा प्रसन्नता व्यक्त गरे ।

अन्नपूर्ण राष्ट्रिय संस्करणमा प्रकाशन भई भैरहवा बजारमा स्थानीय पत्रिका जसरी बिहानै आइपुग्ने हुँदा पनि पत्रिकाप्रति अकर्षण बढेको कार्यक्रमका सहभागी नागरिक पुस्तक पसलका प्रोप्राइटर केशव यादवले बताए ।

रोड सो अभियानमा विभिन्न व्यक्ति, व्यापारी, संघसंस्थाले उत्साहपूर्वक सहभागिता जनाएका थिए । अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक बन्नेले हात खाली नजाने एक हजारको स्क्र्याच कुपन पाउनेछन् । साथै लक्की ड्रबाट एक करोड २५ लाख नगद वा बंगलासहित साप्ताहिक र मासिक उपहार पाउनेछन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.