निजामति सेवा ऐन फेरि संशोधनको तयारीमा, कसलाई कति फाइदा (भिडियो रिपोर्ट)
नेपालको स्थायी सरकार भनेर चिनिने निजामति कर्मचारीको उमेर हद बढाउने तयारी भइरहेको छ । प्रशासनको सुधारका लागि सुझाव दिन गठन गरिएको उच्च स्तरीय प्रशासन सुधार कार्यन्वयन तथा अनुगमन आयोगले कर्मचारीको अवकास उमेर हद ६० पुर्याउने सुझाव दिएको थियो ।
यही सुझाव अनुसार सरकारले निजामती सेवा ऐन २०४९ लाई संसोधन गरि कर्मचारी अवकासको उमेर हदलाई ५८ बाट ६० वनाउने तयारी थालेको छ । अहिलेसम्म निजामति सेवा ऐन २०४९ पाँच पटकसम्म संशोधन भइसकेको छ ।
उमेर हद बढाउँदा राज्यलाई निवृतिभरणमा केही सहज हुने र अनुभवी कर्मचारीबाट कामको फाईदा लिन सक्ने पूर्वप्रशासकहरुको तर्क छ ।
भिडियो रिपोर्ट हेर्नुहोस्