दाउद इब्राहिमको अढाई खर्बको सम्पत्ति जफत

दाउद इब्राहिमको अढाई खर्बको सम्पत्ति जफत

नयाँ दिल्लीः संयुक्त अरब इमिरेट्स सरकारले मंगलबार भूमिगत गिरोहका नेता दाउद इब्राहिमको २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति जफत गरेको छ ।

भारतीय सरकारले उनीमाथि विभिन्न हत्या, अपहरणमा संलग्न रहेको भन्दै सर्वाधिक खोजीको सूचीमा राखेको छ । सन् १९९३ मा मुम्बईमा भएका शृंखलाबद्ध आक्रमणमा उनी संलग्न रहेको भारतको भनाइ छ । उक्त आक्रमणमा २ सय ५७ जनको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए । भारत सरकारले इब्राहिममाथि कारबाही गर्न विभिन्न देशसँग आग्रह गर्दै आएको छ ।

इब्राहिमको अरब इमिरेट्समा होटलहरू र कम्पनी रहेको बताइन्छ । भारत सरकारले इब्राहिमको दुबईमा रहेको सम्पत्तिको सूची उपलब्ध गराएको थियो । गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दुबई भ्रमणका क्रममा इब्राहिमलाई कारबाही गर्न आग्रह गरेका थिए ।

यसै सूचनालाई आधार मानेर अरब इमिरेट्सले उनको सम्पत्तिको छानबिन अघि बढाएको थियो । संयुक्त राज्य अमेरिकाले पनि उनलाई आतंकवादी भएको घोषणा गरेको छ । उनले अल कायदा र लस्कर-ए-तयबा लाई आर्थिक सहयोग गर्ने गरेको अमेरिकी भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.