हुम्लामा हिमपातः तापक्रम माइनस १०

हुम्लामा हिमपातः तापक्रम माइनस १०

सिमकोटः लामो समयदेखि खडेरी परेको हुम्लामा यो वर्षकै पहिलो पटक हिमपात भएको छ ।  बिहीबार राती २ बजे देखि शुरु गरेको हिमपातले उत्तरका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाविस बढी प्रभावित भएका छन् ।

धेरै लामो समय पछि परेको हिउँले चीनसँग सीमा जोडिएको उतरी गाविस लिमीका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको लिमीबाट छिरङ्ग तामाङ्गले जानकारी दिए ।

उनका अनुसार लिमिमा झण्डै साढे फिट जती हिउँ जमेकाले घरबाट बाहिर आवातजावत गर्नमा समस्या भएको हो । हिउँले जिल्लाको लिमि, मुचुको तापक्रम माइनस १५ भन्दा माथि भएको मुचु प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

हिउँले सिमकोटको तापक्रम माइनस १० मा झरेको सिमकोट विमान स्थल श्रोतले जनाएको छ । पुष महिनासँग दिउँसोको तापक्रम माइसमा झरेको सदरमुकाम सिमकोटको तापक्रम निकै तल झरेको सहकायक प्रमुख जिल्ला अधिकारी ऋद्धीप्रसाद सिटौलाले बताए ।

हिमपातले कुनै अप्रीय घटना नघटेको जानकारी दिएका अधिकारी सिटौलाले चिसोबाट बालबालिका र वृद्धवृद्धा निकै पीडित भएको बताए ।

किसान खुशी

हिउँ परेपछि हुम्लाका किसान खुशी भएका छन् । गत असोज अन्तिम सातादेखि परेको चर्को खडेरीका कारण झण्डै २० प्रतिशत गहुँ बाली छर्न नपाएका कृषक हिउँसँग खुशी भएको जिल्ला कृषि विकास कार्यालय हुम्लाले जनाएको छ । हिउँ परेपछि सदरमुकाम सिमकोटमा बाँकी रहेको जौ छर्ने काम समेत शुरु गर्ने सिमकोट ५ की परेउकली रावतले जानकारी दिईन् ।

हिउँसँग परेको पानीले जिल्लाको दक्षिण भेगमा कृषकलाई समेत केही आशा जगाएको कालिका ४ का दिपबहादुर रोकायाले जानकारी दिए । ‘पानी त निकै कम परेको छ तर अव वर्षा शुरु हुने भयो भनेर हामीलाई आशा लागेको छ । यो पानीले थोरै भएपनि पाखोमा छरेका गहुँलाई उमार्ने र उम्रेका गहुँलाई केही राहत गर्ने काम गरेको छ ।’उनले भने ।

चिसोले तीन प्रहरी चौकी सरे

हिमपातले अत्याधिक चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रका ३ वटा प्रहरी चौकी स्थानान्तरण भएका छन् । नेपाल चीन सिमानाको हिल्सा प्रहरी चौकी, यारी प्रहरी चौकी र लिमीको प्रहरी चौकी चिसोले सरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

हिउँदको समयसँगै तापक्रम माइनस १० भन्दा बढी भएर खप्न नसकेपछि केन्द्रसँगको परामर्शमा प्रहरी चौकी सिमकोट र मुचुमा स्थानान्तरण गरिएको प्रहरी प्रमूख कमल प्रसाद नेपालले जानकारी दिए । उनका अनुसार लिमिको सुनखानी प्रहरी चौकीलाई सदरमुकाम सिमकाटमा सारिएको छ भने यारी र हिल्सा प्रहरी चौकीलाई मुचु प्रहरी चोकीमा स्थानान्तरण गरिएको छ ।

हिल्सा, यारी र लिमीमा प्रहरीको उर्पयुक्त भवन नभएकाले बस्न नसकेर सारिएको हो । हरेक वर्ष पुष देखि चैत्रसम्म सारिने प्रचलन अनुशार नै यस वर्षपनि प्रहरी चौकी स्थानान्तरण गरिएको प्रहरी प्रमुख नेपालले अन्नपूर्णलाई जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.