झापामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

झापामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

झापाः पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको चारपाने सडकखण्डमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महाभरा-७ निवासी २५ वर्षीय अरुण राजवंशी र सोही ठाउँ निवासी २९ वर्षीय लोखचन राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ४७१५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे १ च ३११५ नम्बरको बोलेरो कार आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकल चालक अरुणको घटनास्थलमा नै र पछाडि सवार लोखचनको उपचारका क्रममा बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.