तोकिएको समयावधिभन्दा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिइने
काठमाडौंः सरकारले तोकिएको समयावधिभन्दा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन स्वरुप भत्ता दिने निर्णय गरेको छ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले समय अवधिभन्दा बढी समय काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए।
यस्तै बैठकले बहुप्रतिक्षित सहरी विकास समिति गठन गर्ने निर्णय पनि गरेको छ। सडक सुधारका लागि एसियाली विकास बैंकको २० अर्व २८ करोड ऋण स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री कार्कीले जानकारी दिए।
यसैगरी बैठकले बुढानिलकण्ठमा राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योगसेवा केन्द्र स्थापना गर्ने पनि निर्णय गरेको छ।