सिटी एक्सप्रेसको बम्पर उपहारका विजेता घोषित

सिटी एक्सप्रेसको बम्पर उपहारका विजेता घोषित

काठमाडौंः दसैं तिहार र छठको अवसरमा सिटी एक्सप्रेसले नेपाली उपभोक्ताहरुलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’ उपहार योजनाको भाग्यशाली बम्पर उपहार विजेता घोषणा गरेको छ ।

योजना अन्तर्गत १२ जना साप्ताहिक विजेताले १२ थान ३२ इन्च एलइडी टेलिभिजन प्राप्त गरिसकेका छन् । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै बम्पर उपहार योजनाको विजेता विद्युतीय गोला प्रथा मार्फत् छनोट गरेको हो ।

बम्पर उपहारको विजेताका रुपमा महोत्तरी स्थित लक्ष्मीनिया–७ निवासीे सन्दीपकुमार महतो छनोट भएका हुन् । उनले कम्पनीको तर्फबाट काठमाडौं उपत्यकामा ४ आना घडेरी जित्न सफल भएका छन् । यो योजनासँग सम्बनिधत आफ्ना समस्त गा्रहकलाई सिटी एक्सप्रेस मनी ट्रान्सफर परिवारले बधाइ दिएको छ ।

कम्पनीद्वारा सञ्चालित उपहार योजनाको विजेताको घोषणा संग–सँगै कम्पनीले नयाँ लोगो पनि प्रयोजनमा ल्याएको जानकारी दिइएको छ । कम्पनीले समयसँगै उपलब्ध गराउन थालेका विविध सेवा तथा सुविधामा ल्याएको परिस्कृतिकरण र बृहत सुविधा लगायत कारणलाई दृष्टिगत गर्दै नयाँ लोगो सञ्चालनमा ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.