सप्तरीमा नौ राउण्ड अश्रुग्यास प्रहार

सप्तरीमा नौ राउण्ड अश्रुग्यास प्रहार

राजविराजः सप्तरीको खोजपुरमा प्रहरीले बिहीबार अपरान्ह नौ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । स्थानीयवासीले बिहीबार पूर्व–पश्चिम राजमार्गमा एउटा ट्रकमा आगजनी गरेपछि भिडलाई नियन्त्रणमा लिन नौ राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।

दुर्घटनामा बालकको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले सडक अवरुद्ध गर्नुका साथै ना २ ख ६१८० नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरेर आगजनी गरेका थिए । आगजनीबाट ट्रकमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ट्रकको ठक्करले खोजपुर ८ स्थित पूर्व पश्चिम राजमार्गमा सप्तरीको पंसेरा ९ का लक्ष्मण रामको छोरा ११ वर्षीय अर्जुन रामको मृत्यु भएपछि स्थानीयवासीले दुई घण्टासम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

सडक आवागमन सुचारु गर्ने क्रममा प्रहरीले लाठीचार्ज गरेपछि आक्रोशित भिडले ट्रकलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेको हो । लाठीचार्जमा झडप भएपछि इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक राजेन्द्र यादवसहित एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.