ढिस्कोमा पुरिएर हिमाञ्चलमा चार नेपालीको मृत्यु

ढिस्कोमा पुरिएर हिमाञ्चलमा चार नेपालीको मृत्यु

महेन्द्रनगर: ढिस्कोमा पुरिएर भारतको हिमाञ्चल प्रदेशमा चारजना नेपाली मजदुरको मृत्यु भएको छ । भारतको हिमाञ्चल प्रदेशमा सडक खन्ने क्रममा पुरिएर चारैजनाको घटनास्थलमै मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् । सिमला जिल्ला तहसिल रामपुरमा बाटो खन्ने क्रममा उक्त घटना भएको हो ।

झलारी पिपलाडी नगरपालिका ११ का एकै घरका २ जना, एकजना बैतडी र एकजना कैलालीका युवकको बाटो खन्ने क्रममा पहाडबाट खसेको ठूलो ढिस्कोले मृत्यु भएको घटनास्थलबाट टेलिफोनमा नरेन्द्रबहादुर विष्टले जानकारी दिएको उनका काका झलारीका स्थानीय गणेश विष्टले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका-११ दीपनगरका २२ वर्षीय दीपेन्द्र विष्ट, सोही ठाउँका २१ वर्षीय लोकेन्द्र विष्ट, कैलाली सुख्खड घर भएका अन्दाजी २४ वर्षीय अजबबहादुर विष्ट र बैतडीको मटैराज ४ घर भएका २६ वर्षीय रामबहादुर बम छन् ।

'घटनामा मृत्यु भएका चारैजनाको शव ढिस्कोबाट निकालिएको छ', स्थानीय गणेश विष्टले भने, 'उनीहरूको शव क्षतविक्षत अवस्थामा छ' । चारैजनाको शव घटनास्थलबाट निकाली सकिएको जानकारी प्राप्त भएको उनले बताए । घटनाका बारेमा घटनास्थलमै रहेका उनका भतिजा नरेन्द्र विष्टले जानकारी गराएका हुन् ।

६ जनाको नेपाली त्यहाँ सडक खन्ने काम गर्दै आए पनि अन्य २ जना खाना पकाइरहेकाले सकुशल रहेका छन् । घटनामा नेपालीसहित अन्य सातजना भारतीय मजदुरको पनि मृत्यु भएको बताईएको छ ।

मृतक दीपेन्द्र विष्ट गत मंसिरमा मात्रै कामका लागि गएका थिए भने लोकेन्द्र ४ महिनाअघि कामका लागि सिमला पुगेका थिए । मृतक दीपेन्द्रका काका गणेश विष्टले मजदुरीका क्रममा मृत्यु भएका चारैजनालाई क्षतिपूर्ति दिन नेपाल सरकारले पहल गरिदिनुपर्ने बताए ।

भारतको हिमाञ्चल प्रदेशमा सुदूरपश्चिम तथा मध्यपश्चिमका धेरैजसो नागरिक सडक निर्माण गर्ने, स्याउँ टिप्ने, खेतीपाती लगाउनेलगायतका काम गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.