ग्लोबल आईएमईद्वारा निःसहायलाई सहयोग
काठमाडौंः ग्लोबल आईएमई बैंकले निःसहाय सेवा सदनमा आ श्रय लिइरहेका वृद्धवृद्धालाई खाना खुवाउनुका साथै कम्बल वितरण गरेको छ । बैंकले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्र्तगत निःसहाय सेवा सदनमा आ श्रय लिइरहेका ४५ जना वृद्धवृद्धालाई सहयोग गरेको हो ।
साथै बैंकले सोमबार रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम पनि आयोजना गरेको थियो । स्थापनाको एक दशक नबित्दै ग्लोबल आईएमई बैंक ‘बैंक अफ द इयर’ तथा ‘बेस्ट इन्टरनेट बैंकिङ’ अर्वाडबाट सम्मानित भइसकेको छ ।
९१ शाखा, एक सय तीन एटीएम, ६ वटा एक्टेन्सन काउन्टर, ४४ शाखारहित बैंकिङ सेवामार्फत बैंकले ६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सेवाका साथै अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, यूएई, बहराइनलगायतका मुलुकबाट रेमिटेन्स सेवा प्रदान गर्दे आइरहेको छ ।