पाँच करोडको लगानीमा फेसन बजार

पाँच करोडको लगानीमा फेसन बजार

काठमाडौः पाँच करोडको लगानीमा धरहराको पछाडि ताहा गल्लीमा सस्तो फेसन बजार सञ्चालनमा आएको छ ।

नेपाली ग्राहकका लागि एउटै छानामुनि सस्तो मूल्यमा ब्रान्डेड तथा गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलो पटक सस्तो फेसन बजार सञ्चालनमा आएको हो । बजार सञ्चालनमा आएसँगै आम उपभोक्ताले सुन्धारास्थित ताहा गल्लीमा सस्तो मूल्यमा गुणस्तरीय फेसनका सामान खरिद गर्न सक्नेछन् ।

अन्य स्थानमा खोलिएका पसलभन्दा यहाँका बजारमा ४० प्रतिशतसम्म सस्तो मूल्यमा फेसनका सामान उपलब्ध गराउने व्यवस्था गरिएको सस्तो बजारका सञ्चालक सुरेश लामिछानेले जानकारी दिए ।

‘उत्पादकले सोरुमका रूपमा सामान बिक्रीवितरण गर्ने भएकाले उपभोक्तालाई सस्तो पर्नेछ,’ सञ्चालक लामिछानेले भने, ‘यो बजारमा १० हजारदेखि १६ हजार रुपैयाँमा सटर भाडामा लगाइएको छ जसले उपभोक्तालाई बजारमा सामान किन्दा सस्तो पर्ने भएको हो ।’

बजारमा ३६ वटा व्यवस्थित पसल राखिएका छन् । सस्तो बजारमा पुरुष तथा महिलाका लुगा, बिहेमा प्रयोग गरिने लुगा, नेपाली राष्ट्रियता झल्किने लुगा, महिला तथा पुरुषका लागि सैलुन, जुत्ता, कस्मेटिक्स, मोबाइल, मोटरसाइकल, फेन्सी, अन्डर गार्मेन्टलगायतका पसल सञ्चालन गरिएका छन् । बजारमा पार्किङको सुविधा पनि छ ।

लामिछानेका अनुसार बजार निर्माणका लागि पाँच करोड रुपैयाँ लगानी भएको छ । यो बजारमा राष्ट्रिय पोसाक दौरा सुरुवाललाई एक हजार ६ सय रुपैयाँमै तयार गरेर उपलब्ध गराइनेछ ।

त्यसैगरी, जाडो समयका लागि हजार रुपैयाँदेखि नै गुणस्तरीय ज्याकेट उपलब्ध गराएको छ । हेयर स्टाइलिङ, फेसियलजस्ता सुविधा पनि ५० प्रतिशतभन्दा सस्तो मूल्यमा उपलब्ध गराइनेछ । सस्तो बजारमा ४/५ हजार रुपैयाँमै गुणस्तरीय साडी उपलब्ध छन् ।

बजार सञ्चालन भएको अवसरमा शैलुनमा आउने प्रत्येक ग्राहकलाई फेसवासलगायतका सामग्री उपहारस्वरूप प्रधान गरिनेछ । सबै ब्रान्डका मोबाइलहरू सस्तो मूल्यमा उपलब्ध गराउनुका साथै केही ब्रान्डका मोबाइल खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
त्यस्तै, हरेक मोबाइल किन्दा ग्राहकले आकर्षक उपहार पाउनेछन् । त्यसैगरी, सस्तो बजारमा आउने उपभोक्ताले २५ सय रुपैयाँ ब्यालेन्स भएको सिमकार्ड उपहारस्वरूप प्राप्त गर्न सक्नेछन् । फेसन सस्तो बजार डटकममार्फत अनलाइन सामान बिक्री गर्ने व्यवस्था पनि गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.