भूकम्पले भत्काएको धरहरा कहिले बन्ला ? (भिडियो रिपोर्ट)
नेपालमा आएको शक्तिशाली भूकम्पले भत्काएको धरहरा निर्माणका लागि धेरै चर्चा परिचर्चा भए । नेपाली कै लगानीमा पुर्नर्निमाण गर्ने अभियान अन्तर्गत चलाइएको सरकारी अभियानबाट धरहरा पुर्ननिर्माणका लागि राष्ट्रिय वाणिज्य बैंकको खातामा एक वर्षको अवधिमा झण्डै साढे आठ करोड रुपैयाँ जम्मा भएको छ ।
वैदेशिक लगानी र सरकारी खर्चमा नभई जनताको खर्चमा नै धरहराको निर्माण गर्ने संकल्प गरिएताका धरहरा छिट्टै बन्ने सपना बुनेका नेपाली कहिले धरहरा बन्ला भन्ने प्रतिक्षामा छन् ।
४२ रोपनी क्षेत्रफलको फराकिलो जग्गामा भूमिगत पार्किङ, दुई वटा लिफ्ट, म्युजियम, थिएटर र रेष्टुरेण्टसहितको २२ तलाको धरहरा निर्माणको तयारी भएको छ ।
भिडियो रिपोर्ट हेर्नुहोस्