यती बैंकको संस्थापक सेयर स्वामित्व परिवर्तन
काठमाडौः यती डेभलपमेन्ट बैंकको संस्थापक सेयर स्वामित्व परिवर्तन भएको छ । बैंकको १४ औं वार्षिक साधारणसभाबाट पारित संस्थापक सेयर स्वामित्वसम्बन्धी प्रस्तावलाई नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सीडीएस क्लियरिङले स्विकृति प्रदान गरेको हो ।
बैंकको संस्थापक समूहको सेयर स्वामित्व अनुपात ६८.३१ तथा सर्वसाधारण समूहको ३१.६९ रहेकोमा सेयर स्वामित्व परिवर्तनपश्चात संस्थापक समूहको सेयर अनुपात ५१ प्रतिशत र सर्वसाधारण समूहको सेयर अनुपात ४९ प्रतिशत कायम भएको हो ।
साथै बैंकको चुक्ता पुजीको ५० प्रतिशत अर्थात विधमान दुई कित्ता सेयर बराबर एक कित्ता सेयरका दरले जारी हुने हकप्रद सेयर निष्कासन प्रक्रिया अन्तिम चरणमा रहेको बैंकले जनाएको छ ।