सिद्धार्थ बैंकद्वारा आँखा अस्पताललाई सहयोग
काठमाडौं ः सिद्धार्थ बैंक लिमिटेडले नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक अवस्था कमजोर भएका १५ जना मोतिबिन्दुका बिरामीको शल्यक्रियाका लागि आवश्यक आर्थिक सहयोग प्रदान गरेको हो ।
सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।