राजधानीमा एमालेको जुलुस प्रदर्शन
काठमाडौँः संविधान संशोधन प्रस्तावको विरोधमा एमालेसहित विभिन्न नौ विपक्षी दलले शुक्रबार आयोजना गरेको जनप्रदर्शनमा राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएको छ ।
काठमाडौँको मुख्य सहर परिक्रमा गर्दै जुलुस प्रदर्शनीमार्गस्थित सभामा परिणत हुने तयारीमा छ । सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नौ दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । एमालेले राजधानीका विभिन्न ४० ठाउँबाट जुलुस निकाल्ने घोषणा गरेको थियो । रासस