राजदरबारमा बारम्बार भूत !

राजदरबारमा बारम्बार भूत !

स्टकहोमः स्विडेनका राजपरिवारका सदस्यहरुमध्ये एउटा परिवारको दरबारमा बारम्बार भूत आउने गरेको छ । तर, सो भूतले मित्रवत् व्यवहार गर्ने गरेको र त्यसबाट डराउनुपर्ने अवस्था भने नरहेको स्विडेनकी महारानी सिल्भिया रिनेट सोमरलेथ स्वयम्ले बताए ।

राजधानी स्टकहोमको थुप्रै द्वीप समूहमध्ये एउटा द्वीपमा अवस्थित, राजपरिवारका एकजना सदस्यको निजी निवासः ड्रोट्निङगहोम प्यालेसमा बारम्बार भेट्न आइरहने गरेको भूतले ‘साँच्चिकै मित्रवत् व्यवहार गर्ने’ र सो भूतले अहिलेसम्म कुनै हानि नपुर्याएको समेत महारानी सिल्भियाले खुलासा गरे ।

स्विडेनको एउटा सार्वजनिक टेलिभिजन प्रसारण एसभिटीले यस्तो भूतबारे काल्पनिक कथानक लघुचलचित्र (डकुमेन्टरी) निर्माण गरेको र बिहीबार साँझ सो डकुमेन्टरी प्रसारण भएको छ ।

उक्त कथानक लघुचलचित्रमा देखाइने भूतबारे टिप्पणी गर्दै महारानी सिल्भियाले ‘दरबारमा धेरै भूतहरु छन्, तर नआत्तिनु होला, सो चलचित्रले तपाईंलाई राम्ररी मनोरञ्जन प्रदान गर्नेछ’– भनिन् ।

“भूत बारम्बार भेट्न आउने गरेको महारानी स्वयम्लाई पनि अनुभव छ कि ? भनी सोधिएको एक प्रश्नको उत्तरमा सिल्भियाले” पक्कै पनि छ, तर ती त मेरा साथीजस्तै भइसके भनी मन्द मुस्काउँदै जवाफ दिइन् ।

ड्रोट्निङगहोम निजी राजदरबारको मूल संरचना १६ औँ शताब्दिको अन्त्यतिर निर्माण गरिएको र पछि त्यसलाई नयाँ ढाँचामा पुनःनिर्माण तथा आधुनिकीकरण गरिएको थियो ।

महाराज्ञी सिल्भिया जर्मनीमा जन्मनु भएकी र स्विडेनका वर्तमान सम्राट कार्ल गुस्ताभ १६ औँ सँग उनको विवाह भएको थियो ।

बेलायती राजतन्त्रीय प्रणालीको जस्तै स्विडेनमा पनि राजसिंहासनलाई अनुष्ठानिक राष्ट्रप्रमुख (सेरेमोनियल हेड अफ स्टेट) का रुपमा सम्मान गरिँदै आएको छ । रासस÷एपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.