चार लाख चिनियाँमाथि कारबाही
बेइजिङ : विभिन्न पदमा रहेर अनुशासनहीन तथा पार्टीको आचारसंहिताअनुसार काम नगर्ने र अन्य अनियमिता गरेबापत चार लाख १५ हजार चिनियाँविरुद्ध अनुशासनको कारबाही गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको उच्च अनुशासन समितिले बिहीबार जनाएको छ ।
यसरी कारबाही गरिनेमा विभिन्न तहमा कार्यरत चिनियाँ कर्मचारी र ७६ जना प्रान्तीय तथा मन्त्रीस्तरीय पदाधिकारी समेत रहेका छन् भने दुई लाख ५६ हजार ग्रामीण तथा विभिन्न संघसंस्थासँग आबद्धता रहेका पदाधिकारी तथा सदस्य रहेको पार्टीको केन्द्रीय अनुशासन छानबिन आयोगले जनाएको छ ।
चिनियाँ समाजमा भ्रष्टाचार र अनियमिताले व्यापकता पाएको भन्ने गुनासो राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट व्यक्त भएपछि पार्टीले सन् २०१२ देखि भ्रष्टाचार, फजुलखर्च, नकारात्मक गतिविधि र अनुशासन उल्लंघनका गतिविधिलाई अभियानकै रूपमा छानबिन सुरु गरेको जनाएको छ । एजेन्सी