अन्नपूर्णको नवौ महिनाका भाग्यशाली विजेतालाई बाइक उपहार

अन्नपूर्णको नवौ महिनाका भाग्यशाली विजेतालाई बाइक उपहार

काठमाडौँ : ‘जहाँ छ सपना, त्यहाँ हुन्छ अन्नपूर्ण पोस्ट्’ नारासहितकको बार्षिक ग्राहक योजना ‘अन्नपूर्ण पोस्ट् ओएमजी’ प्रत्येक हप्ता ग्राहकलाई खुशी दिदै आएको छ ।

बार्षिक योजना अन्तर्गत नवौ महीनाका बाइक विजेता मोनमोहन अस्पतालका प्रतिनिधि पुष्प ढुंगेल (रसिद नम्बर ६०३) लाई पुरस्कार प्रदान गरिएको छ । बाइक विजेता ढुंगेललाई अन्नपूर्णको कार्यालयमा आयोजित कार्यक्रममा बालट्रा होम एप्लाइन्सेसका बजार प्रमुख राघब बब्नाले पुरस्कार हस्तान्तरण गरे । अन्नपूर्णले प्रत्येक हप्ता र महिनामा बार्षिक ग्राहकलाई लक्की ड्रमार्फत् उपहार दिदै आएको छ ।

लक्की ड्रमा विजयी ग्राहकले होम एप्लाइन्सेस गिफ्ट ह्याम्परका रुपमा भ्याकुम किलिनर, राइसकुकर, पंखा, इन्डक्सन चुलोलगायतका घरायसी सामान पाउदै आएका छन् ।

बाइक विजेता ढुंगेलले पुरस्कार पाएकोमा खुशी व्यक्त गरे । ‘बाइक पुरस्कार पाउँदा सपना हो कि विपना जस्तो भएको छ,’ ढुंगेलले भने, ‘अहिलेसम्म मलाई कुनै पुरस्कार परेको थिएन् , बाइक पाउदा खुशी छु ।’

त्यसैगरी, अन्नपूर्णको ‘नपर्ने त कुरै छैन’ वार्षिक ग्राहक योजना अन्तर्गत ४६ औं साताका साप्ताहिक विजेता कमल विनायकका रोशन लाखे (रसिद नम्बर१२१०९) लार्इ नेपाल औद्योगिक क्षेत्र प्रालिका अध्यक्ष तथा माहाप्रबन्धकको हात बाट पुरस्कार प्रदान गरिएको छ ।

सँगै ४७ साताका बिजेता कुम कुम ज्वालर्स (रसिद नम्बर १०८८९) घोषित भएका छन् । अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक युवराज घिमिरेलेको हातबाट भएको लक्की ड्रमार्फत् ४७ औं हप्ताका विजेताको घोषणा भएको हो ।

३ हजार ४ सय रुपैयाँ तिरेर अन्नपूर्णको बार्षिक ग्राहक बन्ने पाठकले विभिन्न उपहार पाउदै आएका छन् ।

बार्षिक ग्राहक बन्ने मध्येबाट एक जनाले लक्की ड्र मार्फत् साप्ताहिक रुपमा होम एप्लाइन्सेस गिफ्ट ह्याम्पर, मासिक रुपमा बजाजको प्लाटिना मोटरसाइकल र बार्षिक लक्की ड्रबाट एकजना भाग्यशाली विजेताले चितवन भरतपुरस्थित यज्ञपुरी कोलोनीमा बनेको अढाइतले बंगाला वा नगद १ करोड २५ लाख रुपैयाँ उपहार पाउनेछन् ।

अन्नपूर्ण पोस्टका नयाँ मात्र नभई पुराना ग्राहकले समेत बार्षिक ग्राहक नविकरण गरेर यो अभियानमा सहभागीता जनाउन पाउने छ् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.